अक्सिजनको अभाव, उत्पादन भन्दा माग दोब्बर
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ बुधबार ०:२७:२१
८ वैशाख,काठमाडौं । नेपालमा अहिले अक्सिजनको माग उत्पादन भन्दा दोब्बर छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसीं)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो सचिवालयका संयोजक तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव डा.खगराज बरालले अहिले संक्रमितको उपचारका लागि दैनिक १५ हजार सिलिण्डर आवश्यक पर्ने भएपनि सात हजार २०० सिलिण्डर उत्पादन भइरहेको बताए । नौ वटा अक्सिजन प्लान्टले दैनिक उक्त उत्पादन गरेका हुन् । “दोस्रो लहर निकै संक्रामक देखिएकोले धेरै बिरामीलाई हाइफ्लो अक्सिजन चाहिएको छ । एउटा बिरामीलाई दैनिक पाँच वटासम्म सिलिण्डर चाहिएको छ,” उनले भने , “ अक्सिजनको उत्पादन र मागबीच ठूलो अन्तर छ । ”
वैकल्पिक विधिबाट अक्सिजन उत्पादन बढाउन सकेमात्र अहिलेको आवश्यकता पूरा गर्न सकिने बताइएको छ । “विद्युतबाट अक्सिजन र पुराना अक्सिजन प्लाण्ट मर्मत गरेर उत्पादनको तयारीमा छौ”, उनले भने, “ विदेशबाट तरल अक्सिजनको आयात चाँडै गरेर पनि यसको अभाव हुन दिँदैनौ । ”
उत्पादन बढाउन सरकारले तुरुन्तै नेपाल आयल निगम र कान्तिपुर अक्सिजन प्लान्ट मर्मत गरेर सञ्चालनको तयारी गरेको छ । प्लान्टमा समस्या भए नेपाली सेनाको टोलीले मर्मत सम्भार गरेर चलाउने छ । उपत्यकामा अभाव कम गर्न पोखरा, चितवन र वाराबाट अक्सिजन ल्याइएको छ । “धेरै बिरामीलाई अक्सिजन चाहिएको छ । उत्पादनको आधारमा पु¥याउन सकेका छैनौ”, उनले भने, “अक्सिजनको अभावले मानवीय क्षति हुन नदिन हामी सचेत छौ । ”
नेपालमा उत्पादन कम भएकोले दातृनिकायबाट तरल अक्सिजन ल्याउने जनाइएको छ । ति तरल अक्सिजन सिलिण्डरमा हालेर वितरण गर्ने तयारी छ । तरल अक्सिजन प्लान्ट तीन सरकारी र तीन निजी अस्पतालमा छ । तीमध्ये शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा सञ्चालनमा छन् ।
सिसिएमसीले अस्पतालका बिरामीलाई अक्सिजन पु¥याउन आवश्यकताका आधारमा न्यूनतम कोटा निर्धारण गरेको छ । अक्सिजन उत्पादनमा समस्या पर्ने भएकोले नियमित विद्युत आपूर्तिको व्यवस्थापन गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार