नेपालमा काेराेनाबाट निको हुने दर ७५.५ प्रतिशत
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ बुधबार ३:१२:४६
२८ वैशाख , काठमाडौं । आज देशभरि कोभिड–१९ का नौ हजार ४८३ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार ५९६ पीसीआर र ७२० एन्टिजेन परीक्षणमा नौ हजार ४८३ संक्रमित पुष्टि भएको हो ।
आज देखिएकासँगै नेपालमा चार लाख १३ हजार १११ संक्रमित छन् । यस्तै संक्रमित निको भई पाँच हजार २२५ घर फर्किएका छन् । अहिलेसम्म तीन लाख १२ हजार १९ निको भएर घर फर्किएका छन । नेपालमा निको हुने दर ७५.५ प्रतिशत छ ।
२२५ को निधन
आज संक्रमणबाट २२५ को निधन भएको छ । आज निधन भएका संक्रमित सङ्ख्या सबभन्दा बढी हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको तथ्याङ्कमा नेपाली सेनाले शव व्यवस्थापन गरेका आधारमा आज निधन हुनेको संख्या त्यति पुगेको हो । आज निधन हुनेसंँगै नेपालमा अहिलेसम्म चार हजार ८४ कोरोनाबाट बितेका छन् ।
यस्तै पाँच सयभन्दा भन्दा बढी सङ्क्रमण भएका जिल्ला ३० पुगेका छन् । तिनमा मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, बारा,महोत्तरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, गोरखा, नवलपरासी –बर्दघाट सुस्तापूर्व०, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी –बर्दघाट सुस्तापश्चिम , सुर्खेत, कैलाली, कञ्चनपुर र बैतडी छन् ।
आइसियुमा १,०८४ र भेन्टिलेरमा २९०
सङ्क्रमितमध्ये एक हजार ८४ सघन उपचार कक्ष र २९० जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश नंं १ मा १२७, प्रदेश नं २ मा ६०, वाग्मती प्रदेशमा ५२९, गण्डकीमा ८२, लुम्बिनीमा १६०, कर्णालीमा १०२ र सुदूररपश्चिममा २४ जना आइसियुमा छन् । यस्तै प्रदेश नंं १ मा २९, प्रदेश नं २ मा ३७, वाग्मतीमा १८४, गण्डकीमा ११, लुम्बिनीमा १३, कर्णालीमा आठ र सुदूररपश्चिममा आठ जना भेन्टिलेटरमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार