आगामी ३ हप्ता विश्वको लागि निकै पीडादायी: जनस्वास्थ्य विज्ञ डा. पाण्डे
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ बुधबार ३:३०:३५
२८ बैशाख, काठमाडाैं । जनस्वास्थ्य विज्ञले कोरोना भाइरस ‘कोभिड–१९’ को जोखिमबाट बच्न कम्तिमा ३ हप्ता बन्दाबन्दी ‘लकडाउन’ गर्न सुझाव दिएका छन्।नेपालमा कोरोनाको संक्रमण फैलिइसकेपछि उपचार पाउन कठिन भएकाले फैलिनै नदिनका लागि लकडाउनको विकल्प नभएको जनस्वास्थ्य विज्ञको सुझाव छ।
जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे सामाजिक सञ्जालमा लेख्छन्, आगामी ३ हप्ता विश्वको लागि निकै पीडादायी हुनेछ, संक्रमित तथा मृतकको संख्या अकल्पनीय रुपमा बढ्नेछ, यो ३ हप्ताको अग्निपरीक्षा पास गरेपछि आकासबाट आशाका किरण झुल्किने छन्।’
उनी भन्छन्, ‘त्यसैले यो सम्पूर्ण विश्वले आगामी ३ हप्ता कफ्र्यु स्तरको लकडाउन गर्नु जरुरी छ।’ सरकारले गत चैत ११ गते सुरु गरेको लकडाउन म्याद थप गरेर चैत २५ गतेसम्म पुर्याएको छ।
डा. पाण्डे अगाडि लेख्छन्, ‘सीएनएनका अनुसार बोल्दा, श्वास बाहिर फ्याँक्दा पनि कोरोना भाइरस अर्को मान्छेमा सर्दछ, यो भाइरस ६ फिटको दूरीसम्म मात्र हैन २७ फिटसम्म पनि पुग्न सक्छ भनिएको छ, तसर्थ घरबाहिर पटक्कै निस्किनु हुँदैन, चिनियाँ, अमेरिकी तथा युरोपियन अनुसन्धानविद्ले भनेका छन् कि कोरोना भाइरस संक्रमण अप्रिलको अन्त्यदेखि हराउँदै जानेछ र हामी सबैलाई अप्रिलभर लक डाउनमा बसेर मे महिनाको प्रतीक्षा गर्नुपर्दछ।’
डा. पाण्डेले कोरोना संक्रमण फैलियो भने नेपालमा उपचारका लागि निकै कठिन अवस्था भएको स्मरण गराएका छन्। उनले भनेका छन्, ‘हामीसँग अस्पतालमा साधनस्रोत, दक्ष जनशक्ति र लाइफ सपोर्ट प्रणाली एकदम न्यून छ, दशौँ हजारको संख्यालाई आवश्यक पर्न सक्ने भेन्टिलेटर देशभर १५० वटा पनि छैनन्, नयाँ भेन्टिलेटर किनेर ल्याउन असम्भव प्राय छ, भेन्टिलेटर चलाउन सक्ने जनशक्ति पनि एकदम थोरै छ।’
डा. पाण्डेले सरकारले काठमाडौं छाडेर गाउँ जान चाहनेलाई पनि सरकारले व्यवस्थित रुपमा पठाइदिनु पर्ने र उनीहरुलाई क्वारेन्टाइनमा राखेर अनुगमन गर्नुपर्ने सुझाव दिएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार