गुगलका कर्मचारीहरु हप्तामा ३ दिन अफिस जानुपर्ने
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ बुधबार ४:५:३१
२८ बैशाख, काठमाडौं । इन्टरनेट जाएन्ट गुगलका कर्मचारीहरु आगामी दिनमा एक हप्तामा ३ दिन अफिस गएर काम गर्नुपर्ने भएको छ । गुगलका सिइओ सुन्दर पिचाईले आफ्ना कर्मचारीहरुलाई एक इमेल पठाउँदै अमेरिकामा लकडाउन खुकुल हुँदै गर्दा कर्मचारीहरुले हप्तामा झण्डै ३ दिन अफिसमा गएर काम गर्न प्रोत्साहित गरेका छन् ।
बीबीसी समाचारमा जनाए अनुसार गुगलले आफ्नो कार्यालय गत अप्रिलदेखि नै आंशिक रूपमा खोल्न सुरु गरेको थियो । आगामी दिनमा कर्मचारीहरुलाई घर र कार्यालय दुबैबाट कसरी काम गराउने भन्ने विषयमा विस्तृत खाका बनाएको छ । कर्मचारीहरुलाई पठाएको इमेलमा पिचाईले अफिसमै ससरीर उपस्थित भएर काम गर्नुका फाइदाहरुको बारेमा समेत उल्लेख गरेका छन् ।
ट्वीटरले आफ्ना कर्मचारीहरुलाई स्थायी रुपमै घरबाट काम गर्न पाउने निर्णय गरेको र फेसबुकले समेत कर्मचारीहरुले घरबाटै काम गर्ने नियमलाई निरन्तरता दिएको अवस्थामा गुगलले चाहीँ आफ्ना कर्मचारीहरुलाई क्रमिक रुपमा कार्यालयमै उपस्थित गराउने योजना बनाएको हो ।
जबकि गत वर्ष कोरोना भाइरसको महामारी बढेसँगै गुगलले नै सबैभन्दा पहिले कर्मचारीहरुलाई घरबाटै काम गर्न पाउने सुविधा प्रदान गरेको थियो । गुगलले अहिले तय गरेको नयाँ व्यवस्था अनुसार अब चार हप्ताभन्दा धेरै समय लगातार कार्यालयभन्दा बाहिरबाटै काम गर्नुपरेमा कार्यालयमा निवेदन दिनुपर्नेछ ।
गुगल सिइओ सुन्दर पिचाईले कर्मचारीलाई लेखेको इमेलमा भनिएको छ ‘२० वर्षभन्दा धेरै समयदेखि हाम्रा कर्मचारीहरु कार्यालयमै आएर समस्याहरुको समाधान गर्दै आएका छन् । महामारीको बन्देज हटेका ठाउँहरुमा अवस्थित गुगलका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुमध्ये ६० प्रतिशत कर्मचारीहरु कार्यालयमै आएर काम गर्न चाहन्छन् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
गुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
तातोपानी कुण्डमा स्नान गर्दै
मंसिर १४, २०८१ शुक्रबार
अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार
बागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
शुक्रबार मात्रै किन गरिन्छ लक्ष्मीको पूजा ?
मंसिर १४, २०८१ शुक्रबार