रोमान्टिक डान्स नम्बर ‘जुम–जुम’ सार्वजनिक
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ बुधबार ५:१७:५३
![](https://nepalbahas.prixacdn.net/media/albums/zoom-zoom_mmLvLaPZDX.jpg)
‘राधे योर मोस्ट वान्टेड भाइ’ का हरेक गीतहरुले अहिलेसम्म राम्रो चर्चा बटुलिरहेका छन् ।फिल्म रिलिज हुनभन्दातीन दिनअघि निर्माताहरुले सलमान खान र दिशा पटानीको अभिनय रहेको नयाँ गीत ‘जुम–जुम’ सार्वजनिक गरेका छन् ।
यो अनस्क्रिन जोडीको ‘सिटी मार’ बोलको गीत भर्खरै मात्र सार्वजनिक भएको थियो । अब, रोमान्टिक डान्स नम्बर ‘जुम–जुम’ सार्वजनिक भएको छ । यस गीतमा सलमान र दिशाको हल्का–फुल्का केमेस्ट्री देखिन्छ ।
यस गीतलाई सुन्दर एमबी भ्यालीमा सुट गरिएको छ । गीतको संगीत साजिद–वाजिदले कम्पोज गरेका छन् । यस गीतलाई कुणाल वर्माले लेखेका हुन् । ऐश किंग र इयूलिया वन्तुरले गीतमा स्वर भरेका छन् र सिजर गोन्साल्विसले यसको कोरियोग्राफी गरेका छन् ।
फिल्ममा सलमानसँगै दिशा पटानी, रणदीप हुड्डा र ज्याकी श्राफ पनि महत्वपूर्ण भूमिकामा छन् । सलमान खान फिल्म र जी स्टुडियोको प्रस्तुती हो, ‘राधे योर मोस्ट वान्टेड भाई’ । यो फिल्म इदको अवसर पारेर १३ मेइमा डिजिटल प्लेटफर्ममार्फत रिलिज हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार