देशैभरका अस्पतालमा अक्सिजनकाे चर्को अभाव, मृत्युदर अझ बढन सक्ने
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार १३:५६:१८
२९ बैशाख, काठमाडौं । देशैभरका अस्पतालहरुमा अक्सिजनको अभाव बढेपछि नेपालमा कोभिड-१९ को मृत्युदर बढ्ने देखिएको छ । देशका विभिन्न अस्पतालहरुमा अक्सिजन सकिएको र आइसियु वेड खालि नभएका कारण धेरैले ज्यान गुमाउनु परेका समाचारहरु आइरहेका छन् । मंगलवार मात्र नेपाल २ सय २५ जनाले कोभिड १९ कारण ज्यान गुमाएका छन् । जुन अहिले सम्मकै दैनिक ज्यान गुमाउने सर्वाधिक संख्या हो ।
अस्पतालमा अक्सिजन सकिएपछि राजधानी कै नेपाल मेडिकल अक्सिजनको अभावमा विरामी भर्ना गर्न छाडेको छ । भर्ना गरेकालाई पनि अन्यत्रै पठाउने गरिएको अस्पताले जनाएको छ । अस्पतालले एक विज्ञाप्ति मार्फत अक्सिजन अभावमा उपचार गर्न नसकिने भन्दै नयाँ विरामी भर्ना लिन छाडेको जानकारी गराएको हो । यस्तै राजधानीकै ओम अस्पताले पनि अक्सिजनको अभावका कारण नयाँ विरामी भर्ना गर्न नसकेको जनाकारी गराएका छन् । यस्तै सरकारी अस्पतालमा पनि अक्सिजनको अभाव भएको कोरोना परिक्षण किटकव समेत अभाव भएका समाचारहरु आएको छन् । शुक्रराज सरुवा रोग अस्पताल टेकुमा पीसीआर परिक्षण किट सकिदा पीसीआर टेस्ट रोकिएको अस्पताले सूचना गरेकाो छ ।
मेडिकेयर अस्पताल, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर र हेल्पिङ हेण्डस् सामुदायिक अस्पतालले यसअघि नै विज्ञप्ति जारी गरी अक्सिजनको चर्को अभाव भएकाले पूर्ण क्षमतामा सङ्क्रमितको उपचार गर्न नसकिएको जनउँदै अस्पतालले नयाँ बिरामी भर्ना लिन नसकिने प्रष्ट पारेका छन् । यता राजधानी बाहिर पनि नेपालगंज, बुटवल लगायतका अस्पतालम पनि अक्सिजनको अभाव देखिएको छ । रुपन्देहीको युनिभर्सल अस्पतालमा पनि अक्सिजनको अभाव भएको बताइएको छ। अक्सिजनको अभावमा आइसियु र भेन्टीलेर संचालनमा समस्या आएका समाचार आइरहेका छन् । हिजो मात्र रुपन्देहीको बुटवलमात्र अक्सिज अभाव र आयसियु नपाउँदा ८ जनाको मृत्यु भएको छ ।
नपालमा अहिले देशमा दैनिक १५ हजार बढी लिटरको अक्सिजनको माग छ भने ७ हजार २ सय लिटर मात्र मात्र उत्पादन क्षमता रहेकाे छ । यही अवस्था रहे नेपाले भारतमा भन्दा ठुलो संकट व्यहोर्नुपर्ने चेतावनी अक्सिजनक उत्पादक कम्पनीले दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार