डब्ल्यूएचओले भन्यो, ‘संक्रमितले आइवरमेक्टिन औषधिको सेवन नगर्नुस्’ !
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार १३:३१:१७
२९ बैशाख, काठमाडौं । विश्व कोरोनाले आक्रान्त बनिरहेको समयमा वैज्ञानिक भ्याक्सिनपछि कोरोनाको औषधिको खोजिमा जुटेका छन्। पछिल्लो समयमा कोभिड १९ क्रिटिकल केयर एलाइन्स ‘एफएलसीसीसी’को नेतृत्वमा गरिएको अध्ययनको समिक्षाको समयमा वैज्ञानिकले ‘आइवरमेक्टिन’ नामक औषधि संक्रमण विरुद्धको प्रभावकारी पाइएको बताएको थियो।
भारतको गोवा सरकारले सोमबार यो औषधिको प्रयोग अनुमति समेत दिएको थियो। तर, डब्लूएचऔले यस औषधिको सेमनमा सावधानी अपनाउन निर्देशन दिएको छ। विश्व स्वास्थ्य संगठनले मंगलबार ‘आइवरमेक्टिन’ को सामान्य उपयोगलाई लिएर सावधानी अपनाउन आग्रह गरेको छ। डब्ल्यूएचओकी प्रमुख वैज्ञानिक डा.सौम्या स्वामीनाथले ट्वीट गर्दै कुनै नयाँ औषधिको सेवन गर्दा सुरक्षा र प्रभावकारिता ध्यान दिनुपर्ने बताएकी छन्।
उनले क्लिनिकल ट्रायल बिना यस औषधिलाई सामान्य रुपमा कोरोना संक्रमितले प्रयोग गर्न नुहने उनको तर्क छ। यो औषधिलाई लिएर पछिल्ला दुई दिनमा डब्ल्यूएचओले दिएको यो दोस्रो चेतावनी हो। यस भन्दा पहिले मार्चमा एब्ल्यूएचओले अध्ययनकै क्रममा रहेकाले यसको प्रयोगको प्रभावकारिता बारे अहिले नै भन्न नसकिने जनाएको थियो।
डब्ल्यूएचओले झै औषधि निर्माता कम्पनी मर्कले पनि यसको प्रयोगलाई लिएर सचेत रहन आग्रह गरेको छ। कम्पनीका तर्फबाट विज्ञप्ति जारी गर्दै आइवरमेक्टीनलाई लिएर वैज्ञानिकले अध्ययन गरिरहेकाले अहिले नै प्रयोगमा सावधानी अपनाउन आग्रह गरेको हो।
अहिलेसम्म यो औषधिको प्रयोगले कुनै सार्थक प्रमाण नदिएको कम्पनीले जनाएको छ। केही अध्ययनमा औषधिले असर गरेको पाइएको थियो। एफएलसीसीसीको नेतृत्वमा गरिएको अध्ययनको समिक्षा गर्दै वैज्ञानिकले यो औषधि कोरोना नियन्त्रणमा सहायक हुनसक्ने पाइएको भए पनि यसको प्रभावकारिता र असर अध्ययनकै क्रममा रहेको बताएका थिए। तर, यो औषधि एचआईभी, डेंगु, जिका र इन्फ्लुएन्जा जस्ता भाइरसमा प्रभावकारी पाइएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार