चिनीको अनुचित मूल्यवृद्धि नियन्त्रण गर्न माग
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार १९:४०:४३
२९ बैशाख, काठमाडौं । उपभोक्ता अधिकारकर्मीले संकटको समयमा चिनीको कृत्रिम अभाव गरी मूल्य बढाउने षड्यन्त्र भएको भन्दै चिनीको अनुचित मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेका छन्। राष्ट्रिय उपभोक्ता मञ्चले बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै बजारमा चिनीको कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने प्रपञ्च भएकाले नियन्त्रण गर्न माग गरेको हो।
उद्योगीहरूले उत्पादनको नाममा विदेशबाट चिनी आयात गरिरहेका र कम उत्पादन भएको हवाला दिएर मूल्य वृद्धि गरिरहेको मञ्चको ठहर छ। ‘चिनीको कृत्रिम मूल्य वृद्धिको विषयमा छानबिन गरी मूल्य तत्काल नियन्त्रण गरी अनुचित व्यापारिक क्रियाकलाप गर्ने, राजस्व छली गर्ने उद्योगी तथा व्यवसायीहरूमाथि कडा कारबाही गर्न अनुरोध गर्दछौं,’ मञ्चले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
कोभिड–१९ को महामारी र लकडाउनको दोहोरो मारमा परेका उपभोक्तालाई मूल्य र आपूर्तिमा राहत दिलाउनको लागि बजार हस्तक्षेप गर्ने गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई ५० हजार मेट्रिक टन चिनी सहुलियत मूल्यमा आयात गर्न अनुमति दिन समेत मञ्चले विज्ञप्तिमार्फत् माग गरेको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार
औपचारिक रुपमा नेपालको बिजुली बंगलादेश निर्यात हुन थाल्यो, भारतीय ग्रिडबाट ४० मेगावाट पठाइयो
कात्तिक ३०, २०८१ शुक्रबार
प्राधिकरणले भोलि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने, भारतले दियो सहमति
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार
खुला सीमाले पर्साका युवा लागुऔषधको कुलतमा फसे
मंसिर १, २०८१ शनिबार