बैंकर निरज श्रेष्ठको संक्रमणका कारण मृत्यु
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार १९:५३:३७
२९ बैशाख, काठमाडौं । बैंकर निरज श्रेष्ठको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । उनको बुधबार बिहान ११ बजे नेपाल प्रहरी अस्पताल महाराजगन्जमा मृत्यु भएको अस्पतालले जनाएको हो ।
उनका बुबाको पनि मंगलबार राति कोरोनाकै कारण मृत्यु भएको थियो । श्रेष्ठ केही दिनअघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए । स्वास्थ्य अवस्था सुध्रिएपछि उनले आफ्नो बेड अरुलाई दिन भनेका थिए । उनलाई संक्रमणले फेरि च्याप्यो तर अस्पतालमा बेड पाएनन् । श्रेष्ठ माछापुच्छ्रे बैंक हुँदै केही दिन सनराइज बैंकको सीईओसमेत भएका थिए । सनराइजमा सञ्चालक समितिमा विवाद भएपछि उनले राजीनामा दिएका थिए ।
तत्कालिन ग्रीनलेज बैंकबाट बैकिङ करिअर सुरु गरेका उनले एनआइसी एसिया र ग्लोबल आइएमई बैंकमा पनि काम गरेका थिए । श्रेष्ठका श्रीमती र एक छोरी छन् । तर उनीहरु दुवै नयाँ दिल्ली पुगेको र कोरोना संक्रमण देखिएकोले उतै अड्किएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार