नेपालमा संक्रमितको संख्या एक लाख नाघ्यो: मन्त्रालय
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार २२:४८:५४
२९ बैशाख, काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा काेराेना संक्रमितको संख्या एक लाख नाघेकाे छ । मन्त्रालयका अनुसा नेपालमा पहिलो पटक संक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघेको हाे ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९३०५ संक्रमित थपिएसँगै नेपालमा सक्रिय कोरोनाका बिरामी १ लाख १ हजार ६ सय ३४ पुगेका हुन्। मन्त्रालयका अनुसार २० हजार ३ सय ६२ पीसीआर र ४ सय २४ एन्टिजेन परीक्षणमा ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ७८६ पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ९३०५ जनामा कोरोना संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार मुलुकभरका ८७ वटा प्रयोगशालाबाट २०३६२ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। यस्तै, ४२४ जनाको एन्टिजेन परीक्षण गरिएको छ। मन्त्रायका अनुसार नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कको आधारमा कोभिड १९ संक्रमणबाट गत २४ घण्टामा १६८ जनाको मृत्यु भएको भएको हो।
यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२५२ पुगेको छ। तीमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या सर्वाधिक छ। सोमबार थपिएकासँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख २२ हजार ४ सय १६ पुगेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार