सेतीमा थप तीन संक्रमितको मृत्यु, २७३ संक्रमण
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार २३:५२:०
२९ बैशाख, धनगढी । कोरोना भाइरसको संक्रमणबाट सेती प्रादेशिक अस्पतालमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप तीनजना संक्रमितको मृत्यु भएको हुन् । उनीहरु सबै धनगढीकै बासिन्दा हुन् ।
कोरोनाबाट मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–३ का ५० वर्षीय पुरुष, वडा नम्बर ३ कै ५४ वर्षीय पुरुष र वडा नम्बर १२ की ३५ वर्षीया महिला रहेका छन् । पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमण मुक्तभएर घर फर्किएका छन् भने थप ५ जना भर्ना भएका छन् ।
यस्तै अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ सय ६४ जनाको नमुना परीक्षण गर्दा धनगढी उपमहानगरपालिकाका ४४ जना, कैलालीकै अन्य स्थानीय तहका २ सय ६ जना र विभिन्न जिल्लाका २३ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा अहिले ४७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार