निषेधाज्ञामा पनि ‘राधे’ को ‘फस्ट डे फस्ट शो’ हेर्न पाइने
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बिहिबार ३:१५:४९
२९ वैशाख, काठमाडौं । निषेधाज्ञाकाे समयमा पनि नेट टीभी सेटटप बक्स र एपमा ‘राधे’ को फस्ट डे फस्ट शो प्रशारण हेर्न पाइने भएकाे छ । नेट टीभीले सेटटप बक्समार्फत आईपीटीभी र मोबाइलमा नेट टीभी एपबाट विभिन्न किसिमका कार्यक्रमहरु प्रशारण गर्दै आइरहेको छ ।
ग्रहकको मागबमोजिम सधैं लाइभ टीभी, मुभी, भिडियोका माध्यमले मनोरञ्जन प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ । यही क्रममा पहिलोपल्ट नेट टीभीले नेपालभरका आफ्ना ग्राहकहरूका लागि बलिउडका सुपर स्टार सलमान खानको पछिल्लो फिल्म ‘राधे’ को फस्ट डे फस्ट शो गर्ने जानकारी दिएको छ ।
ए–एट डिस्ट्रिब्युसनको सहकार्यमा नेट टीभीले यो फिल्म मे १३ (वैशाख ३०) मा नेट टीभी सेटअप बक्स र नेट टीभी एप दुवैमा देखाउनेछ । यो वर्षको बहुप्रतीक्षित फिल्ममा पर्ने ‘राधे’ मे १३ मै विश्वभरका सिनेमा हल र डिजिटल प्लेटफर्महरूमा रिलिज हुन लागेको हो ।
नेट टीभी सब्सक्रिप्सन भएका वल्र्डलिंकका ग्राहकहरूले उक्त फिल्म रिलिजकै दिन सेटअप बक्समार्फत टीभीमा हेर्न सक्नेछन् । वल्र्डलिंकका ग्राहक नभएका सबैले चाहिँ नेट टीभी एप डाउनलोड गरेर ‘राधे’ को आनन्द उठाउन सक्ने जनाइएको छ ।
“सम्पूर्ण सिनेमा हल र मल्टिप्लेक्सहरू बन्द रहेको अहिलेको विषम परिस्थितिमा मनोरञ्जनका विकल्पहरू सीमित हुँदै गइरहेका छन् । सबैतिर अनिश्चय र बेचैनीको माहौल छ,” नेट टीभीका सीईओ निरन राजभण्डारी भन्छन्, “हौसला घट्न नदिई, आफ्नो र अरूहरूको पनि मनोबल बढाउँदै रियललाइफ हिरोका रूपमा व्यवहार गर्नुपर्ने समय हो यो । ‘राधे’ जस्तो फिल्मले मनोरञ्जन मात्र दिँदैन कि, कोरोना भाइरसरूपी भिलेनलाई परास्त गर्न हामीलाई प्रेरित पनि गर्छ । ए–एट डिस्ट्रिब्युसनको सहकार्यमा बलिउडको यो वर्षकै भव्य रिलिज ‘राधे’ को नेट टीभी प्लेटफर्ममा नेपालभर फस्ट डे फस्ट शो गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।”
कोरोना महामारीको यो समयमा नेट टीभी सेटटप बक्स र एपका माध्यमले सुरक्षित रूपमा सम्पूर्ण नेपालीले घरघरमै सक्दो मनोरञ्जन प्राप्त गर्न सकुन् भन्ने आफ्नो प्रयास रहँदै आएको उल्लेख गर्दै राजभण्डारीले भने “हाम्रा आदरणीय ग्राहकहरूले सेटटप बक्स र एपका माध्यमले पे–पर–भ्यु क्याटेगोरीमा मे १३ देखि यो फिल्म हेर्न सक्नुहुनेछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार