काठमाडौंको ट्रमामा अक्सिजनको चरम अभाव, एक सय विरामीको ज्यान जोखिममा
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार १४:४०:२७
३० बैशाख, काठमाडौं । काठमाडौंको ट्रमा सेन्टरमा अक्सिजन अभाव हुँदा एक सय ५ जना विरामीको ज्यान जोखिममा परेको छ । कोरोना संक्रमणको महामारीको बेला अन्य अस्पतालहरु जस्तै काठमाडौंको ट्रमा सेन्टरमा पनि अक्सिजनको चरम अभाव त्यहाँको कर्मचारीले बताएका हुन् ।
सेन्टरका निर्देशक सन्तोष पौडेल र कोरोना व्यवस्थापन समितिका सदस्य भुवन केसीले रातभरि विभिन्न ठाउँमा गएर अक्सिजनको जोहो गर्ने प्रयास गरे पनि सफल नभएको बताएका छन् । ट्रमा सेन्टरले अक्सिजन ल्याउने शंकर अक्सिजन उद्योग बालाजुमा रातभरि कुर्दा पनि अक्सिजन पाउन नसकिएको बताइएकाे छ ।
भर्ना भएका एक सय ५ जनालाई नै हाइ फ्लो अक्सिजन दिनुपर्नेमा अहिले न्यूनतम मात्रामा दिएर राखिएको र आठ बजेपछि ठप्पै हुने अवस्था रहेको सेन्टरले जनाएको हो । ट्रमा सेन्टरमा दैनिक चार सय सिलिण्डर अक्सिजन चाहिनेमा सीसीएमसीले १ सय ५० वटाको कोटा तोकिदिएको र एक सय ५० वटा सिलिण्डर पाउन पनि मुस्किल रहेको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीलाई अक्सीजनको व्यवस्था गर्न र जनताको ज्यान बचाउन ट्रमा सेन्टरका कर्मचारी केसीले आह्वान गरेका छन् ।
सरकारले देशभरका कोभिड अस्पताललाई हेर्ने गरी ट्रमा सेन्टर र बीर अस्पताललाई कोभिड डेडिकेटेड अस्पताल बनाउने निर्णय गरेको छ । यद्यपि सोही अस्पतालमा अक्सिजनको अभावले नेपालको स्वास्थ्य क्षेत्र संकटमा परेको देखाउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार