संक्रमणको त्रास : एउटै बस्तीमा ४० जनामा कोरोना पुष्टि
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार १५:२८:३३
३० वैशाख, महोत्तरी । चुरे पहाडी काखमा पर्ने महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–५ को चेरु ग्रामीण बस्तीमा कोभिड–१९ सङ्क्रमण दिनदिनै बढेपछि त्रास बढेको छ । बस्तीमा यही वैशाख १७ गते भएका विवाह समारोहयता संक्रमण हुने क्रम ह्वात्तै बढेको हो । बस्तीमा अहिले ४० भन्दा बढी संक्रमण पुष्टि भइसकेका छन् । विवाह समारोहमा भएको जमघट र बाहिरी पाहुनाको सघन आवतजावतबीच स्वास्थ्य सचेतना नअपनाइँदा संक्रमण बढेको स्वास्थ्यकर्मी बताउँछन् ।
पूर्वपश्चिम राजमार्गबाट छ÷सात किलोमिटर उत्तर चुरे पहाडी शृङ्खलामा पर्ने यो बस्तीमा वैशाख १७ गते भएको वैवाहिक समारोहको जमघटयता संक्रमण ह्वात्तै बढेको हो । बस्तीका ४० जनामा पिसिआर परीक्षणबाट संक्रमण पुष्टि भइसकेको बर्दिबास नगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका सहसंयोजक वरिष्ठ स्वास्थ्यकर्मी रामबाबु यादवले जानकारी दिए ।
बस्तीमा वैशाख २० गतेदेखि रुघाखोकी लाग्ने, ज्वरो आउने र सास फेर्न अप्ठ्यारो हुने समस्या देखिन थालेपछि बस्ती केन्द्रित स्वाव सङ्कलन र परीक्षण थालिएको थियो । जाँच परिणामबाट बस्तीमा संक्रमण जोखिम निकै बढेको पाइएको यादवको भनाइ छ । सङ्क्रमण बढेपछि बस्तीमा आम सर्वसाधारण त्रासमा परेसँगै सचेत पनि हुँदै गएका स्वास्थ्यकर्मीको ठम्याइ छ ।
ग्रामीण परिवेशको सो बस्तीमा स्वास्थ्य सचेतना नअपनाइँदा सङ्क्रमण बढेको स्वास्थ्यकर्मी बताउँछन् । बर्दिबास नगरक्षेत्रमा वैशाख महिनाभित्र १०० को हाराहारीमा संक्रमण पुष्टिका घटनामध्ये अन्य वडा बस्तीमा छिटफुट पाइए पनि चेरुमा भने डरमर्दो स्थिति बनेको छ ।
पछिल्लो एक÷दुई दिनयता चाहिँ जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा तथा बर्दिबास नगरपालिका र बर्दिबास उद्योग वाणिज्य सङ्घले जारी गरेका सूचना प्रभावले सामूहिक हिँडडुल र जमघट घट्दै गएको र राष्ट्रव्यापी मानवीय क्षतिका घटना समाचारबाट आउँदा आम मानिस सचेत बन्दै गएको नगरप्रमुख विदुरकुमार कार्की बताउछन। यसबीचमा संक्रमण देखिएका बस्तीमा सघन स्वाब परीक्षण, सचेतना प्रवाह र आइसोलेशनकक्षको व्यवस्थापनमा जुटिएको कार्कीको भनाइ छ ।
बर्दिबास नगरक्षेत्रमा संक्रमण प्रभाव बढेपछि सामाजिक क्षेत्रबाट पनि रोकथामको पहलकदमीका लागि प्रयास थालिएका छन् । बर्दिबासचोकमा लियो क्लब अफ बर्दिबासले हेल्थ डेस्क स्थापना गरेर सर्वसाधारणको ज्वरो नाप्ने तथा सावधानी अपनाउनु पर्ने पक्ष बताउने गरेको छ । त्यसैगरी बर्दिबास उद्योग वाणिज्य सङ्घले स्वास्थ्य सचेतना बढाउन र सुरक्षित हुने उपायका लागि ‘पुरानो मास्क फाल्नुहोस् , नयाँ लगाउनुहोस’ भन्ने अभियान नै सञ्चालन गरेको छ । यी प्रयत्नले सङ्क्रमण रोकथाममा सहयोग गरेको नगरप्रमुख कार्की बताउछन ।
नगरपालिकाले गत वर्ष २०७७ मै बढेको सङ्क्रमणसँगै पिसिआर मेसिन खरिद गरी निःशुल्क स्वाब जाँचको व्यवस्था गरेको छ । त्यतिखेर सञ्चालनमा ल्याइएको आइसोलेशन कक्ष मङ्सिरयता सङ्क्रमण देखिन छाडेपछि हटाइएको थियो । अहिले नयाँ वर्ष २०७८ प्रारम्भयता दोहोरिएर सङ्क्रमण बढेपछि पुनः १०० शय्याको आइसोलेशन व्यवस्थापनमा लागिएको नगर कार्यपालिकाले जनाएको छ । व्यवस्थापन गर्न लागिएको नयाँ आइसोलेशन कक्षमा अक्सिजनको सुविधासमेत मिलाइने नगरप्रमुख कार्कीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
मासु र मदिरा नचल्ने माङ्सेबुङ, जहाँ सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना
पुष १०, २०८१ बुधबार
चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति
पुष १०, २०८१ बुधबार
चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति
पुष १०, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष १०, २०८१ बुधबार
आजको मौसम: हिमाली भू–भागमा हिमपात, पहाडी तथा तराई क्षेत्रमा वर्षा हुने
पुष १०, २०८१ बुधबार