शनिबार नेपाल एयरलाइन्स ओमान जाने
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार १६:२३:४४
३० बैशाख, काठमाडौं । अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान जाने भएको छ । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने करिव ६०० थान अक्सिजन सिलिन्डर लिन विमान ओमान जान लागेको हो ।
शनिबार ओमानको राजधानी मस्कटको लागि विमानले उडान भर्ने तयारी गरिरहेको नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
उनले लेखेका छन्, “गैर आवासिय नेपाली संघ ‘सोसियल क्लब’ ओमन को सहयोग र नेपाली दुतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्तहुने करिव ६०० थान अक्सिजन सिलिन्डर लिन आगामी शनिवार ओमानको राजधानी मस्कट जाने प्रयास गरिरहेका छौं । फर्केर सोही दिन सांझ चिनको बेईजिङ मा संकलित करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्शा सामाग्री लिन जाने तयारी गरिरहेका छौं। त्यसपछी हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकोले हरेक दिननै ब्घघण् बिमान बेईजिङ पठाउने छौं। अन्यत्र उपलब्ध हुन सक्ने सामानहरु ल्याउन निगमका सबै जहाजहरु तयारी अवस्थामा राखिएको छ। नेपाल सरकार का सम्बद्द सबै निकायहरुको अहोरात्र सक्रियतामा आगामी १०-१२ दिनमा अक्सिजनको समस्या समाधान हुन्छ भन्ने भरोसा गरौं।”
पौडेलका अनुसार ओमनबाट फर्केर सोहीदिन साँझ चीनको बेईजिङमा संकलिक करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिन जाने तयारी नेपाल एयरलाइन्सको छ।
त्यसपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकोले हरेक दिन नै ए ३३० विमान बेइजिङ पठाउने तयारी एयरलाइन्सले गरेको छ । अन्यत्र उपलब्ध हुन सक्ने सामानहरु ल्याउन निगमका सबै जहाजहरु तयारी अवस्थामा राखिएको पौडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार