चितवनका बिभिन्न अस्पतालमा उपचाररत ५ संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार १७:१०:४८
३० वैशाख,चितवन । जिल्लाका बिभिन्न अस्पतालमा पाँच कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् ।
भरतपुर महानगरपालिका–९ की ३५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको पुष्पाञ्जली अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । यही वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएकी उनमा निमोनियाको समस्या जटिल भई वैशाख २० गते अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको आज बिहान २ः०० बजे मृत्यु भएको हो ।
चितवन मेडिकल कलेजमा उपचाररत तनहुँका ४१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । तनहुँको व्यास नगरपालिका– १ का उनी यही वैशाख २६ गते निमोनियाको समस्या भई उपचारका लागि अस्पताल भर्ना भएका थिए । सोही दिन कोरोना संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा कोभिड सघन उपचारकक्षमा आज बिहान १ः४२ बजे मृत्यु भएको हो ।
सोही अस्पतालमा उपचाररत रुपन्देहीको सैनामैना नगरपालिका–८ का ५९ वर्षीय पुरुषको मृत्यु भएको छ । निमोनियाको समस्या भई वैशाख २२ गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा उनको बुधबार राति १०ः२६ बजे मृत्यु भएको हो ।
पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर–३ का ४८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई वैशाख २९ गते अस्पतालमा भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा उनको बुधबार राति १०ः१० वजे मृत्यु भएको हो ।
सोही अस्पतालमा उपचारका क्रममा कपिलवस्तुका संक्रमितको मृत्यु भएको छ । शिवराज नगरपालिका–९ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाको समस्या भई वैशाख २७ गते अस्पतालमा भर्ना भएका उनमा वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचारकक्षमा उनको बुधबार राति ९ः४५ बजे मृत्यु भएको हो । मृतक सबैको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार