वैकल्पिक सरकार बन्न नदिने चाला, राजेन्द्र महतो बूढानीलकण्ठमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार १८:२४:५६
![](https://nepalbahas.prixacdn.net/media/albums/jasapa-deuba_tWT7Rb3Mz2.jpg)
३० बैशाख, काठमाडौं । वैकल्पिक सरकार निर्माणको समयसीमा घक्र्याउन नेकपा एमाले ओली पक्ष र जनता समाजवादी पार्टी महन्थ पक्षको षडयन्त्र सुरु भएको छ ।
प्रधानमन्त्री केपी ओली पदमुक्त भएपछि संविधानको धारा ७६(२) बमोजिम गठबन्धन सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज साँझ सकिंदैछ । त्यसलाई अल्मल्याउन प्रधानमन्त्री केपी ओली र जसपा अध्यक्ष महन्थ ठाकुर सक्रिय भएका छन् ।
यसैक्रममा ओलीले आजै आफू पक्षको स्थायी कमिटी राखेर माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूषालमाथिको कारबाही फुकुवा गरेका छन् । उता, महन्थले आफू पक्षीय नेता राजेन्द्र महतोलाई कांग्रेस सभापति शेरबहादुर देउवालाई अल्मल्याउन बूढानीलकण्ठ पठाएका छन् ।
अहिले महतो देउवा निवास पुगेका छन् । उनले महन्थ ठाकुरलाई प्रधानमन्त्री स्वीकारे आफूहरु वैकल्पिक सरकार दिन तयार भएको सन्देश देउवालाई दिन गएको बुझिएको छ । यसका लागि गृहकार्य गर्न पर्याप्त समय नभएकाले तत्काल त्यस्तो निर्णय देउवा एक्लैले लिन सक्ने अवस्था छैन ।
तर समय भने घर्किसकेको छ । त्यसैले यो सबै ओलीलाई नै अल्पमतको प्रधानमन्त्री बनाउने चाला मात्र भएको ठम्याई कांग्रेसजन र माधव पक्षको रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार