आगामी जेठ २ गतेदेखि ‘भेरोसेल’को दोस्रो मात्रा लगाइने
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार १८:४१:३९
३० वैशाख,काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आगामी जेठ २ गतेदेखि लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले सूचना प्रकाशन गरी पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई जेठ ११ गतेसम्म दोस्रो मात्राको खोप लगाइने जनाएको छ ।
कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बुद्धिबहादुर खड्काले आफूलाई पायकपर्ने खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गरेका छन् । गत चैत २५ देखि २८ गतेसम्म लगाएकाले जेठ २, चैत २९ र ३० गते लगाएकाले जेठ ३, चैत ३१ र वैशाख २ गते लगाएकाले जेठ ४, वैशाख ३ र ४ गते लगाएकाले जेठ ५ तथा वैशाख ५ र ६ गते लगाएकाले जेठ ६ गते दोस्रो मात्राको खोप लगाउन भनिएको छ ।
यस्तै वैशाख ७ देखि १० गतेसम्म लगाएकाले जेठ ७, वैशाख ११ र १२ गते लगाएकाले जेठ ८, वैशाख १३ गते लगाएकाले जेठ ९, वैशाख १४ गते लगाएकाले जेठ १० र वैशाख १५ गते लगाएकालाई जेठ ११ गते खोप लगाउन अनुरोध गरिएको छ । ‘भेरोसेल’ खोपको पहिलो मात्रा गत चैत २५ देखि वैशाख १५ गतेसम्म लगाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार