कोरोना महामारीमा सरकार लाचार र गैर जिम्मेवार भयो : पूर्व स्वास्थ्य मन्त्री बोहोरा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार २०:७:४४
![](https://nepalbahas.prixacdn.net/media/albums/deepak-bohora-rpp_xh86KRu8K4.jpg)
३० वैशाख, काठमाडौं । पूर्व स्वास्थ्य मन्त्री तथा राप्रपाका बरिष्ठ नेता दिपक बोहराले कोरोना महामारीमा सरकार लाचार र गैरजिम्मेवार भएको बताएका छन् । उनले कोरोना संक्रमित बिरामीको समयमा अक्सिजन नपाएर नै ज्यान गएको घटना प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले आज एक विज्ञप्ति जारी गर्दै रूपन्देहीको बुटवलमा ५ जना र सिद्वार्थनगरमा ४ जनाको कोरोनाबाट ज्यान गएको घटनाले आफु मर्माहित भएको बताएका छन् । सरकारको यो गम्भिर लापरवाहीको परिणाम हो । कोरोनाको दोश्रो लहरको भयावह स्थितीमा अक्सिजनको प्रयाप्त व्यवस्था गर्न नसक्नु र अस्पतालहरूले अक्सिजनको कारणले नया‘ बिरामी लिन नसक्ने जस्तो सुचना प्रकाशित गर्दा समेत त्यसको व्यवस्थापन गर्न नसक्नु भनेको सरकारको लाचारीपना र गैरजिम्मेवार कार्य भएको बोहोराले बताएका छन् । साथै वर्तमान सरकारको यस्तो कार्यको घोर भत्सर्ना गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, अहिलेको मुख्य कार्य भनेको जनताको जिवनको सुरक्षा हो । तसर्थ प्रदेश सरकार र स्थानिय सरकारले आफ्नो सम्पुर्ण श्रोत र साधनको प्रयोग कोरोना महामारीको नियन्त्रण र नागरिकको जिवन रक्षामा लगाउन आग्रह गर्दछु । जनताको जिवन रक्षा गर्नु सरकारको दायित्व हो । समयमा अक्सिजन उपलव्ध हुन नसकेको घटनाको छानविन गरी दोषि माथी कारवाही गर्न समेत स्थानिय प्रशासनलाई आग्रह गर्दछु । अक्सिजन र उपचार नपाई नागरिकले ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्न समेत सरकार संग अनुरोध गर्दछु ।
त्यस्तै नागरिकको जिवन रक्षा र सरलिकरणको लागी खोपको तत्काल व्यवस्था गर्नु आवश्यक भएको उल्लेख गरिएको छ । खोप नलगाएकालाई लगाउने व्यवस्था गर्न र पहिलो कोभिसिल्डका खोप लगाएकाहरूको दोश्रो खोप लगाउने समय पुरा हुन लागेको अवस्थामा छिमेकी मुलुक भारतबाट जुनसुकै माध्यमबाट ल्याएर भएपनि दोश्रो खोपको व्यवस्थाको लागी समेत सरकार संग बोहोराले आग्रह गरेका छन् ।
उनले विज्ञप्तिमार्फत भेरोसेलको दोश्रो खोपको व्यवस्था गरेकोमा सरकारलाई धन्यवाद ज्ञापन पनि गरेका छन् । अहिले कोरोनाको कारण स्थिति भयावह बन्दै गईरहेको छ । यो अवस्था सचेत रहन र सुरक्षित रहन सबैमा अपिल गर्दछु । बोहोराले स्वास्थ्य सुरक्षा अपनाई यो महामारीमा नागरिकको जिवन रक्षामा आवश्यक सहयोग गर्न राप्रपाका सम्पुर्ण सदस्यहरूलाई अनुरोध गरेका छन् । आफु पनि बचौ, अरूलाई पनि बचाऔ । यो महामारीमा ज्यान गुमाउने सम्पुर्णमा हार्दिक श्रद्धांजली । शोक सन्तप्त परिवारजनमा हार्दिक समबेदना । साथै कोरोना संक्रमित सम्पुर्णको स्वास्थ्य लाभको कामना विज्ञप्तिमार्फत गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिजुली बजार सडक खण्डमा फल्चा शैलीमा निर्मित बस बिसौनी शुभारम्भ
असार १६, २०८१ आइतबार
काठमाडौं–बैंकक ‘रोड कनेक्टिभिटी’ अध्ययन गर्न टिवानको टोली थाइल्याण्ड प्रस्थान
असार १४, २०८१ शुक्रबार
खोला किनारमा मत्ता हात्ती मृत भेटियो
असार १३, २०८१ बिहिबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
ओलीलाई भेट्न पत्नी आरजुसहित देउवा किन पुगे बालकोट ?
असार १५, २०८१ शनिबार
असई थमन विकको हत्या प्रकरण, पूर्वसांसद यादव पक्राउ
असार १६, २०८१ आइतबार
विभिन्न स्थानबाट २०८ किलो गाँजासहित पाँच जना पक्राउ
असार १६, २०८१ आइतबार
सरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
महाकाली नदीमा बगेर मजदुर बेपत्ता
असार १६, २०८१ आइतबार
मकालु वरुण निकुञ्जका कर्मचारी मृत भेटिए
असार १६, २०८१ आइतबार
नेप्से १४.८३ प्रतिशतले घटेर दुई हजार ३७.०९ को विन्दुमा कायम
असार १६, २०८१ आइतबार