सञ्चार उद्यमीको घरमा ओली र नेपालबीच भेटघाट सुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार २०:५:१५
![](https://nepalbahas.prixacdn.net/media/albums/nepal-oli-1_ELJ6RHDyfv.jpg)
३० वैशाख, काठमाडौं । सत्ताको लागि चरम अन्तद्र्वन्द्वमा अल्झेर विभाजनको डिलमा पुगेको नेकपा एमालेका दुई शीर्ष नेताहरु अध्यक्ष केपी ओली र माधवकुमार नेपालबीच अहिले निर्णायक छलफल सुरु भएको छ ।
राष्ट्रपतिबाट बहुमतको सरकार गठन गर्न दिएको समय अन्तिम घडीमा पुगिरहेका बेला एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच राजधानीको बूढानीलकण्ठस्थित सञ्चार उद्यमी तथा अन्नपूर्ण पोष्टका अध्यक्षसमेत रहेका क्याप्टेन रामेश्वर थापाको चपलीस्थित घरमा अहिले नेताद्वय छलफल जारी छ ।
बिहान बालुवाटारमा भएको एमाले स्थायी कमिटी बैठकले चार जना एमाले नेतामाथिको भएको कारवाही फुकुवा गर्दै ओली र नेपालबीच टेलिफोन वार्ता भएको थियो ।
नेपाल पक्षका २० जना सांसदले राजीनामा दिने अन्तिम तयारी गरिरहेका बेला ओली र नेपालबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओली २०७५ जेठ २ को अवस्थामा फर्कन तयार नभएसम्म सामुहिक राजीनामाको अडानबाट पछि नहट्ने नेता माधवकुमार नेपालले आफू निकट नेताहरुलाई स्पष्ट पार्दै आएका छन् ।
नेपाल समुहको माग सबै कमिटीहरु २ जेठ २०७५ को अवस्थामा फर्कनुपर्छ भन्ने हो । यसमा ओली तयार हुन्छन् भने नेपाल समुहले इमान्दार सहमति कायम गर्ने बताउँदै आएको छ । अबको एकाध घण्टामा ओली र नेपालबीचको वार्तापछि कुरा मिल्यो भने ठीकै छ, नभए हाम्रोतर्फबाट सामुहिक राजीनामा आउँछ,’ माधव नेपाल निकट स्रोतले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार