अस्पतालको बरण्डामा बस्ने कि पेटीमा ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार २१:५५:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/covid-19_55ttMwzzVw.jpg)
अहिले नेपालमा कोभीड–१९ को महामारी उच्च बिन्दूमा पुगेको छ । नागरिकहरु आफुलाई असहज महशुस गरेर अस्पतालमा जाने अवस्थासम्म छैन । बिरामीहरुको चाप यसरी बढेको छ कि अस्पतालमा उपचार त परै जाओस बेडसम्म पाउन सक्ने अवस्था छैन ।
नागरिकहरुले जोखिम मोलेर घरमै बस्नु पर्ने बाध्यता छ भने अस्पताल जानै पर्ने अवस्था सृजना भएका बिरामीहरुले पनि अस्पतालको बरण्डा र पेटीमा दिन बिताउनु भन्दा अर्को बैकल्पिक ब्यवस्था अहिलेसम्म हुन सकेको देखिदैन् । बिरामीको चिन्ताले बिरामी भन्दा आफन्तहरु झन् धेरै बिरामी पर्ने अवस्था सृजना हुँदै गैरहेको छ ।
कुनै बिरामी निको भएर वा मृत्यू भएर बेड पाईहाले पनि उसलाई उचित उपचारको प्रबन्ध मिलिहाल्ला भन्ने ग्यारेन्टी छैन । अस्पतालको निर्देशनमा उपचार गराउन बाध्य नागरिकहरु कुन बेला अस्पतालले अक्सिजन सिद्धियो अब हामी केहि गर्न सक्दैनौ भनेर उर्दी जारी गर्ने हो थाहै हुँदैन ।
देशमा सरकार छ कि छैन ? भन्ने कुराको अनुभूति नेपाली नागरिकले अब गर्न छाडिसकेका छन् । नेपाली जनताको अथाह त्याग र बलीदानीबाट प्राप्त गरेको लोकतान्त्रिक संबिधानमा लेखिएका बडेमानका अक्षरहरुमा भने नेपाली जनतालाई स्वास्थ्य र शिक्षाको सम्पूर्ण जिम्मेबारी राज्यको हुनेछ भनेर लेखिएको समाजबाद उन्मूख संबिधान पढेर र हेरेर अहिले नेपाली नागरिकहरु जिउन बाध्य भएका छन् ।
नेपालको वर्तमान राजनैतिक नेतृत्व कामै नलाग्ने अवस्थाको देखिएको छ । हेर्दै नामर्द र हुतिहारा अवस्थाको वर्तमान सरकार र जनताका पक्षमा भन्दा आप्mनै स्वार्थमा रुमल्लिरहेका प्रतिपक्षहरुबाट अब नेपाली जनताले धेरै ठूलो आशा गर्न पनि छाडिसकेका छन् ।
वर्तमान संबिधानका निर्माताहरु नै अहिले सत्ता पक्ष र प्रतिपक्षमा रहेर देशको सम्पत्ति अमिलो डकार आउञ्जेल घिचिरहेका छन् । नेपाली जनतालाई साथ र भरोषा दिनुपर्ने बेलामा आफु सुरक्षित रहदै जनतालाई भोकमरी र अभावका बिचमा लक डाउनको साङ्गलोमा जकडिनु पर्ने बाध्यतामा छोडेर सरकार दलका बैठक, भेला, छलफल, बिश्वास र अविश्वासको प्रस्तावमा रमाईरहेको छ ।
आफँैले जनतालाई निशुल्क सेवा प्रदान गर्ने प्रतिबद्धता गरि बनाईएको संबिधानको धारा अहिले आफँै एक्लै बसेर रोईरहेका छन् । हुनै नसक्ने आश्वासनका पोका बाँडने राजनैतिक दलका पछाडि लागेर पाएको दुःख सम्झेर नेपाली जनता आप्mनै आँसुले आप्mना गल्तिहरु धोईरहेका छन् ।
समय अनुकुल हुँदा लोकतान्त्रिक ब्यवस्थामा कसलाई प्रधानमन्त्री बनाउने ? कसलाई मन्त्री बनाउने ? कसले जनताको समस्यामा सडकमा आवाज उठाउने ? कसले सरकारका गलत गतिबिधिहरुमा बिरोधमा उत्रने ? भन्ने कुरा सामान्य हुनजान्छन् तर देशै महामारीको चपेटामा परेर नागरिकहरुको रोदनले सिंगो मुलुक आर्तनाद हुँदा समेत नेपालका राजनैतिक दलहरुलाई सत्ता लिप्सा र अहंकारले छोडन सकेको छैन ।
यस्तो गतिछाडा नेता भएको मुलुक संसारमा कहि कतै खोज्न जाने हो भने नेपाल भन्दा अरु कुनै पनि मुलुक नभेटिन सक्छ । जनतालाई अस्पतालको बैकल्पिक व्यवस्था मिलाएर स्वास्थ्यकर्मीहरुलाई थप हौसला प्रदान गर्दै नागरिकको ज्यान जोगाउन लाग्नु पर्ने बेलामा अहिले नेपालका राजनैतिक दलहरु सरकार पविर्तन र नयाँ सत्ता रोहणको घिनलाग्दो खेलमा रमाईरहेका छन् ।
देशले २०४६ पछि लोकतान्त्रिक सरकार प्राप्त गरे पनि दलहरुमा आपसी एकता र जनताका समस्यामा सामूहिक निकास दिने खालका कुनै पनि कार्य त के कागजी घोषणा समेत गरेको पाईएन । मानवीय संकटमाथि पनि यति ठूलो सत्ताको खेलाँची नेपाली राजनितिको अर्को यथार्थता र दर्बिलो उदाहरण बन्न सक्छ ।
कसरी आप्mनै दलको सरकार गिराउने ? कसरी आप्mनो तथा अर्काको दल फुटाउने ? कसरी बिदेशीका ईसारामा चल्दै अकुत सम्पत्ति कमाउने ? कसरी आप्mना आसेपासे र नातागोतालाई मात्र राज्यको उपल्लो स्थानमा पुर्याउने ? कसरी कमिशनको ब्यवस्था मिलाउने ? कसरी जनतालाई रातदिन रुवाउने ? भन्ने मात्रै ध्याउन्नमा रहेका नेताहरुलाई काखी च्यापेर हिडने बर्तमानका झोले कार्यकर्ताहरु पनि यसमा पूर्ण रुपमा दोषि देखिएका छन् ।
सधैं नेताका अघिपछि झिँगा धपाउन ब्यस्त झोलेहरुले कम्तिमा यो कार्य चाँहि नागरिकको हित बिपरित छ भनेर नेतृत्व तहलाई खबरदारी गरिदिएको भए अहिले नेपाली जनताले यस्तो अवस्था भोग्नु पर्ने थिएन भन्ने मेरो बुझाई हो ।
त्यसैले त लोकतन्त्र आएको ३० औं बर्ष पछि अहिले आएर नेपाली जनताहरु भन्न थालेका छन् देशमा बिद्यमान ब्यवस्था र विश्बकै उत्कृष्ट संबिधानले पनि नागरिकहरुलाई कुनै प्रकारको शेवा दिन सक्तैन । नागरिकको समस्यामा साथ दिन, आवश्यक सेवा प्रदान गर्न र समस्यामा मल्हमपट्टी गर्न मानिसमा अत्यन्त ठूलो ईच्छाशक्ति चाहिन्छ ।
वर्तमानका डुहुरे नेताहरु हेर्दा लाग्छ यिनिहरुले केबल भ्रष्टाचार गर्नकै लागि नेपाली जनतालाई सडकमा उतारेर बहुदल र गणतन्त्रको बिजारोपण गरे । आप्mनो अभिष्ट पुरा गर्न बर्तमान राजनैतिक दलका नेताहरु गणतन्त्र भन्दा उपल्लो गणतन्त्रमा हामफाल्न समेत पछि पर्दैनन भन्ने कुरा अब ऐना जस्तै छर्लङ्ग भैसकेको छैन र ?? ब्यवस्था परिवर्तनका नाममा गरिएका आन्दोलनहरुमा सहादत जनताले गरे, सुबिधा अहिलेका हनुमानहरुले गरिरहेका छन् । बास्तबमै अहिले लोकतन्त्र जनताको राज्यको ढुकुटी भने नेताको पेवा झै भएको छ ।
त्यसैले अब सरकारको भर नपरौं, आफै सचेत बनौं, महामारीले अत्यन्तै उग्र रुप लिईरहेको छ । अब सामाजिक दुरी बनाउनै पर्ने अवस्था आए पछि आफन्तसँग हैन भ्रष्ट नेताहरुसँग सामाजिक दुरी बढाऔं । देशको सरकारसँग र प्रतिपक्षसँग सामाजिक दुरी कायम गर्ने हिम्मत राखौं । सोधौं जनताका लागि सरकार र प्रतिपक्षको जिम्मेबारी के के हुन ? जनताले सत्ता पक्ष र प्रतिपक्ष केहि पनि नभनी केबल सभासदको उम्मेदवारलाई मतदान गरेका हुन ।
तर, यिनै सभासदहरु राजधानी पुगेर सत्ता पक्ष र प्रतिपक्ष बनेका हुन । जनताको प्रतिनिधिका हैसियतले गर्नुपर्ने काम कार्यबाही अर्कैतिर पन्छ्याएर केवल सरकारको काँधमा जनताका समस्या थोपरेर आफु पानी माथिको ओभानो हुने अधिकार के जनताका प्रतिनिधिहरुलाई हुन्छ र ??
हिजो न त पञ्जहरुले नीजि अस्पताल खोले, न त नीजि बिद्यालयहरु नै खोले । हिजोका शासकहरुले कम्तिमा शिक्षा र स्वास्थ्यमा ब्यापार गरेनन् । तर जनताका लागि त्याग र समर्पणको राजनीति गरेको भन्ने बेतुकको बहादुरी देखाउने बहुदले नेताहरुले अहिले शिक्षा र स्वास्थ्यमा गरेको व्यापारको राजनीति भने बढो मज्जलो फस्टाएको छ । जनताका लागि राजनीति गरेको भनेर घमण्ड देखाउने नेताहरुका लागि अहिलेको शिक्षा र स्वास्थ्यको ब्यापार आफैमा लाजमर्दो बिषय हैन र ??
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्य संयन्त्रको केन्द्रमै भ्रष्टाचारः कस्तो सरकार, कस्ता दलहरू ?
असार ११, २०८१ मंगलबार
दाहालको दिनगन्ती सुरुः ‘जादुई नम्बर’मा छैन अब कुनै दम
असार ११, २०८१ मंगलबार
विद्यार्थीले कक्षा दशपछि के पढ्ने ?
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने
असार १३, २०८१ बिहिबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
असार १३, २०८१ बिहिबार
एसईईमा सबैभन्दा बढीले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त
असार १३, २०८१ बिहिबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
असार १३, २०८१ बिहिबार
विपद् प्रभावितको घरमै पुगेर राहत
असार १३, २०८१ बिहिबार
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न छुट्टाछुट्टै समिति गठन
असार १३, २०८१ बिहिबार
मेलम्ची नदीमा महिलाको शव फेला
असार १३, २०८१ बिहिबार
सूचना मागेकै कारण सूचनाको हकका अभियन्ता दश दिनदेखि हिरासतमा !
असार १३, २०८१ बिहिबार
युरोकप फुटबलमा नकआउट चरणको समीकरण पूरा
असार १३, २०८१ बिहिबार