हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच बिग मर्जर सम्झाैता
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार २२:५७:५२
३० बैशाख, काठमाडौं । अन्ततः नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर/एक्वीजिसन नीतिको अनुसरण गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबीच बिग मर्जरकाे सम्झाैता भएको छ ।
दुवै बैंकले एकआपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसीप्रसाद गौतमले हस्ताक्षर गरी मर्जरको लागि औपचारिक रुपमा कार्य शुभारम्भ गरेका हुन् ।
नेपाल इन्भेष्टमेण्ट बैंक तथा हिमालयन बैंक दुबै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंकहरुको रुपमा सबल एवम् सक्षम संस्थाको रुपमा सुपरिचित रहेका छन् । बैंकहरु एकआपसमा गाभिएपछि वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गरी देश कै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नुका साथै यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरको लागि प्रेरित गर्ने विश्वास दुवै बैंकका अध्यक्षले गरेका छन् ।
मर्जरपछि बैंकको नाम “हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि.” हुने र संचालक समितिको अध्यक्षको रुपमा पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोकशमसेर राणा रहने सहमति भएको छ । त्यसैगरी मर्जरपछि बन्ने बैंकको संचालक समितिमा दुबै बैंकको तर्फबाट ३/३ जना संचालक नियुक्त हुने र नयँ संचालक समितिले स्वतन्त्र संचालकको नियुक्ति गरी जम्मा ७ जनाको संचालक समिति हुनेछ ।
हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी रु.१६.२६ अरब तथा हिमालयन बैंकको चुक्ता पूँजी रु. १०.६८ अरब रहेकोमा दुबै बैंक एक भएपछि बैंकको चुक्ता पूँजी रु.२६.९४ अरब भै सबैभन्दा बढी चुक्ता पूँजी भएको बैंक बन्नेछ । त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंकको जगेडा तथा कोष रु. १४.१० अरब र हिमालयन बैंकको रु. ७.६७ अरब, कर्जा लगानीतर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंकको रु. १६०.९८ अरब र हिमालयन बैंकको रु. १२७.१४ अरब, र निक्षेपतर्फ नेपाल इन्भेष्टमेण्ट बैंकको रु. १६८.२९ अरब र हिमालयन बैंकको रु. १४३.७० अरब रहेको हुँदा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुनेछ ।
दुबै बैंकहरु एक आपसमा गाभिएपश्चात् संस्थाको पूँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सवल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकवर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिबद्धताका साथ यो मर्जर कार्यमा लागेको दुबै बैंकका अध्यक्षले जानकारी दिएका छन् । उनीहरुले यो रुपान्तरणकारी प्रयासमा हौसला दिने तथा साथ सहयोग पु¥याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथा शुभेच्छुकहरुप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने
मंसिर २६, २०८१ बुधबार
नबिल एसएसईले चौथो ब्याचको फेलोसिप कार्यक्रम सुरु
मंसिर २६, २०८१ बुधबार
सिटिजन्स बैंकका ग्राहकलाई भोकमन्त्रमा १० प्रतिशत सम्मको आकर्षक छुट
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
प्रधान सेनापति सिग्देलद्वारा भारतीय सेनाको मानार्थ महारथी दर्जा ग्रहण
मंसिर २७, २०८१ बिहिबार
अन्तिम क्षणसम्म दक्षिण कोरियाली जनताको पक्षमा लड्ने छु : राष्ट्रपति युन
मंसिर २७, २०८१ बिहिबार
इरानमा हिजाब सम्बन्धी नयाँ कानून लागू, उल्लङ्घन गर्नेलाई मृत्युदण्डको सजाय
मंसिर २७, २०८१ बिहिबार
ओलीको लगानी भनिएको प्रमाण आफैंले नबनाएको प्रसाईंको दावी, संगठित अपराधमा मुद्दा चलाउने
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
किबी खेतीबाट वार्षिक १० लाख आम्दानी
मंसिर २७, २०८१ बिहिबार