भक्तपुरको डोलेश्वर रिर्सोटमा जसपाका १३ सांसद बिराजमान
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार २३:१४:३०
३० बैशाख, काठमाडौं । भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर निकट सांसदहरु बिराजमान भएको स्थान सार्वजनिक भएको छ । आज ‘जसपा’का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफू निकट सांसदहरुलाई भक्तपुरस्थित सो रिसोर्टमा लगेर राखेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समयसीमा सकिनु केही घण्टाअघि जसपाका दुई नेताले आफू निकट सांसदलाई रिसोर्टमा लगेका हुन् । रिसोर्टमा पुगेका एक सांसदले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा ब्रिफिङका लागि आफूहरु त्यहाँ पुगेको बताएका छन् ।
सरकार गठनबारे राजपमा तीव्र मतभेद छ । अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो केपी ओलीकै सरकारको निरन्तरता चाहन्छन् भने दुई अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई नयाँ सरकार बनाउने दौडधुपमा छन् ।
आफूसँग बहुमत सांसद भएको दाबी गरेका महन्थ–राजेन्द्र पक्षको अहिले भइरहेको छलफलमा १३ जना सांसदमात्रै सहभागी रहेको बताइएको छ । जसपामा ३२ जना सांसद छन् । नेपाली कांग्रेसको नेतृत्वमा दलहरुले नयाँ सरकार गठनको तयारी तीव्र बनाए पनि जसपाको महन्थ–राजेन्द्र पक्ष यसमा सहमत भएको छैन ।
आज नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर यो पक्षले जसपाको भर नपर्न भनेको थियो । भेटका क्रममा महन्थ ठाकुरले आफ्नै नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरेका थिए ।
राष्ट्रपतिले धारा ७६ (२) अनुसारको बहुमतको सरकारको दाबी गर्न दलहरुलाई दिएको वैशाख ३० गते बेलुकी ९ बजेसम्मको समयसीमा केही घन्टामा सकिँदैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन कम्मर कसेर लागेका छन् । यद्यपि जनता समाजवादी दल सरकार निर्माणमा महत्त्वपूर्ण कारक बनेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार