नेपालको अक्सिजन समस्यामा अमेरिकाले सघाउने
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार २३:४७:३२
३० वैशाख,काठमाडौं । कोभिड–१९का कारण उत्पन्न अक्सिजन समस्यामा सघाउन अमेरिकाले नेपाल सरकारलाई थप रु ३२ करोड १७ लाख ५० हजार उपलब्ध गराउने घोषणा गरेको छ । अक्सिजन उत्पादन कारखाना, तरल अक्सिजन भण्डारण र अक्सिजन सिलिण्डर ढुवानीका निम्ति नेपाली जनताको तत्कालको आवश्यकतामा भरथेग गर्न अमेरिकाले थप सहयता रकम उपलब्ध गराउने आज घोषणा गरेको यहाँस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।
आज घोषणा भएको थप सहायता रकमसँगै अमेरिकी सरकारले नेपालमा कोभिड–१९ को संक्रमण शुरुभएयताको एक वर्षमा समुद्रपार मानवीय सहयोग, दैवी विपत्ति सहायता तथा नागरिक सहायता कोषबाट चिकित्सा तथा स्वास्थ्य सामग्री, व्यक्तिगत सुरक्षा उपकरण, कोरोना भाइरस सङ्क्रमण परीक्षण उपकरण, हातधुनेस्थल निर्माणलगायत कोभिडविरुद्धका नेपाल सरकारका प्रयासमा रु ६७ करोड ८६ लाख प्रदान गरिसकेको पनि उक्त दूतावासले जनाएको छ ।
यही वैशाख २९ गते अमेरिकाले अत्यावश्यक स्वास्थ्य उपकरण कोभिड–१९ सङ्कट समन्वय तथा व्यवस्थापन केन्द्र (सीसीएमसी)र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूको उपस्थितिमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार