ओली–नेपाल बीचको वार्ता सकियो, कार्यदल बनाएर पार्टी विवाद मिलाउने सहमति
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ शुक्रबार ०:२१:४८
![](https://nepalbahas.prixacdn.net/media/albums/nepal-kp-1_izdaR9aeKg.jpg)
३० बैशाख, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको वार्ता भर्खरै सकिएको छ । वार्ता साढे तीन घण्टा लामो चलेको थियो ।
वार्तामा कार्यदल बनाएर पार्टी विवाद मिलाउने कुराकानी भएको बताइएको छ । नेता नेपालका अनुसार २०७५ जेठ २ मा फर्कनका लागि छलफललाई जारी राख्ने निर्णय भएको छ ।
पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट पुर्नजीवित गर्ने र त्यसपछिका गतिविधिहरु पार्टीभित्रको सहमतिका आधारमा गर्ने सहमति भएको हो । यससँगै नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई रोकिएको छ। यसले एमालेमा अस्थायी युद्धबिराम भएको टिप्पणी गरिएको छ ।
एमाले विवाद निरुपणका लागि १० सदस्यीय कार्यदल बनाउने सहमति भएको छ । जसमा ओलीका तर्फबाट सुवास नेम्वांग, विष्णु पौडेल,शंकर पोखरेल, नेपालका तर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूषाल, गोकर्ण विष्ट रहेका छन् । अन्य ३ जना भने आपसी सहमतिमा थप्ने सहमति भएको छ ।
ओली र नेपालबीच सञ्चार उद्यमी रामेश्वर थापाको घरमा वार्ता भएको थियो । वार्तामा नेता नेपालले ६ वैशाखमा अघि सारेको ६ बुँदे प्रस्तावमाथि छलफल भएको थियो । त्यस क्रममा अध्यक्ष ओलीसँग फागुन २८ गतेको निर्णय फिर्ता र पार्टी कमिटी २०७५ जेठ २ को स्थितिमा फर्किने विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा कार्यदल बनाएर छलफल गर्दै जाने सहमति भएको नेता नेपालले बताए ।
नेपाल समूहले सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमालेको पार्टी कमिटी पनि एकताअघिको अवस्था अर्थात २०७५ जेठ २ मा पुग्नुपर्ने माग गरेको थियो । बिहीबार नेता नेपाल निकटका सांसदले विपक्षी गठबन्धनलाई सरकार निर्माणका लागि सजिलो हुने गरी राजीनामा दिने तयारी गरेपछि अध्यक्ष ओलीले नेता नेपाललाई फोन गरेर भेटको प्रस्ताव गरेका थिए ।
नेपाल र ओलीबीचको संवाद लम्बिएपछि संसद सचिवालयमा राजीनामा बुझाउने कार्यालय समय सकिएको थियो । यसअघि माधव नेपाल समूहले ओलीलाई जेठ २ मा फर्कन बेलुका ४ बजेसम्मको अल्टिमेटम दिएको थियो । वार्ता मिलेपछि सांसदहरुको राजीनामा नेता नेपालकै खल्तीमा कुहिएको छ ।
त्यस्तै, नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आजै सकिँदैछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सरकार गठनमा जुटे पनि बहुमत पु¥याउन नसकेर अन्यौलमा परेका थिए । राष्ट्रपतिले आज साँझ ९ बजेसम्मको समय दिएका कारण राष्ट्रपति कार्यालयका कर्मचारीहरु राति ९ बजेसम्म कांग्रेस–माओवादी गठबन्धनलाई कुर्न भने बाध्य हुने भएका छन् ।
ओली–नेपालबीच सहमति भएपछि कांग्रेस–माओवादी गठबन्धनले बहुमतको दावी पेश गर्न नसक्ने प्रष्ट भएको छ । त्यसपछि संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुनः केपी ओली नै प्रधानमन्त्री बन्नेछन् । ओली प्रधानमन्त्रीमा नियुक्त भएमा ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार