एऊटै शीर्षकको दुई तथ्यांक देखाई महालक्ष्मी लाइफले झुक्यायो सबैलाई
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
जेठ ४, २०७८ मंगलबार २१:३०:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/mahalaxmi-1_WOpWBZZIDR.jpg)
४ जेठ, काठमाडौं । बीमा बजारमा आफूलाई अब्बल व्यवस्थापन भएको दावी गर्ने महालक्ष्मी लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७७/७८ को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्दा एउटा गम्भीर गल्ती सार्वजनिक गरेको छ ।
भुक्तानी हुन बाँकी दावी रकम दुई वटा शीर्षकमा निकालेर कम्पनीले लगानीकर्तालाई अलमलमा पार्न खोजेको हो । तेश्रो त्रैमासको रिपोर्टको अन्य विवरण अन्तर्गतको ६ नम्बरमा कम्पनीले भुक्तानी हुन बाँकी दावी रकम शीर्षकको तथ्यांक प्रस्तुत गरेको छ भने त्यसभन्दा ठिक मुनि ७ नम्बरमा पनि त्यही शीर्षक राखेको छ । वास्तवमा ७ नम्बरमा भुक्तानी हुन बाँकी दावी संख्या हुनु पर्ने थियो ।
मानवीय त्रुटी की मनसाय ?
झट्ट हेर्दा मानवीय त्रुटी जस्तो देखिएपनि वास्तवमा बीमा बजारमा यसको ठूलो अर्थ रहेको हुन्छ । बीमा कम्पनीले भुक्तानी हुन बाँकी दावी रकम शुन्य हुनुलाई बीमा कम्पनीप्रति ग्राहकको सकारात्मक नजर हुने गर्छ, यदि कसैले महालक्ष्मी लाइफको यो रिपोर्टको ७ नम्बर शीर्षक हेर्यो भने महालक्ष्मीको भुक्तानी हुन् बाँकी दावी रकम नै छैन् जस्तो देखिन्छ तर ६ नम्बरमा भने महालक्ष्मीको भुक्तानी हुन बाँकी दावी रकम ८ लाख ७० हजार रहेको छ ।
शीर्षक मात्र गलत हुनुपर्ने होइन र ?
७ नम्बर शीर्षकमा भुक्तानी हुन बाँकी दावी संख्या हुनु पर्ने हो तर यदि शीर्षकमात्र त्रुटी भए त्यहाँ शुन्य नहुनु पर्ने हो । किनकी ६ नम्बर शीर्षकमा भुक्तानी हुन ८ लाख ७० हजार दावी बाँकी हुँदा भुक्तानी हुन बाँकी दावी संख्या शुन्य नहुनु पर्ने हो । यसरी महालक्ष्मी लाईफले बीमा समितिलाई देखाउन बुदाँ नम्बर ६ मा ८ लाख ७० हजार भुक्तानी हुन बाँकी दावी देखाएको र अन्य ग्राहकलाई झुक्काउनको लागि बुदा नम्बर ७ मा पनि सोही शीर्षक राखेर शुन्य तथ्यांक देखाएको देखिन्छ।
जीवन बीमा बजारमा समकालिन बीमा कम्पनीहरुले १ अर्ब हाराहारीमा बीमा शुलक आर्जन गरिरहँदा महालक्ष्मीले भने खासै बीमितहरु जुटाउन सकेको छैन् । बीमा शुल्क थोरै मात्र संकलन गर्न सकेको यो जीवन बीमा कम्पनीले प्रतिस्पर्धी बीमा कम्पनीहरुले जस्तो ग्राहकको विश्वास जित्न सकेको छैन । अरु बीमा कम्पनीले ८५ प्रतिशतसम्म बोनस दिईरहँदा यसले भने बोनस कति दिने भन्ने समेत टुङगो लगाउन असफल रहेको छ । बरु ग्राहकलाई झुक्याउन बोनस कति भनेर सोध्नै नपर्ने दोब्बरपनि हुन सक्ने हावादारी तर्क दिएर प्रोडक्ट बेचिरहेको छ ।
वित्तीय विवरणमा किन यस्तो त्रुटी वा लापरवाही भयो भन्ने नेपालबहसको प्रश्नमा महालक्ष्मी लाईफका डेपुटी सीईओ कमल पन्थीले भने, “गल्ती स्वीकार्दै नियतबस गल्ती गरेको त होइन, रो मात्र मिस्टेक भएको होला । उनले धितोपत्र बोर्डमा कम्पनी सूचीकृत नभैसकेको बताउँदै प्राविधिक कारणले भएको त्रुटी सच्चाइने दावी गरे । आफूहरुले ग्राहक झुक्याउने काम पनि नगर्ने उनको भनाई थियो ।
https://mahalaxmilife.com.np/wp-content/uploads/2021/05/3rd-quarter-077-078.pdf
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यज्योति लाइफ इन्स्योरेन्सले १९ करोड ६१ लाख नाफा कमायो
माघ २२, २०८१ मंगलबार
नेपाल लाइफ इन्स्योरेन्सको एजीएम कहिले ?
माघ १८, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार