पन्ध्र दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न मन्त्रालयको आग्रह
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ शुक्रबार ३:३५:८
३० वैशाख, काठमाडौं । सरकारले जटिल प्रकृतिका कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने मेडिकल अक्सिजनको व्यवस्थाका लगि अस्पतालमा नै १५ दिनभित्र प्लान्ट जडान गर्न आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार महामारीका समयमा अक्सिजन जस्तो अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थामा असर पर्न नदिन कम्तीमा सय शय्या भएका सम्पूर्ण निजी अस्पतालले आजको मितिले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गरी जानकारी गराउन अनुरोध गरिएको छ ।
यही वैशाख १३ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार अक्सिजन प्लान्ट निर्माण गर्ने सामग्रीमा भन्सार छुट दिने निर्णय भएको छ । मेडिकल अक्सिजनको माग बढेको तथा आपूर्ति प्रक्रिया दिनानुदिन जटिल बन्दै गएका अवस्थामा मन्त्रालयका तर्फबाट यस्तो आग्रह गरिएको सहप्रवक्ता अधिकारीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार