निषेधाज्ञामा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियाे
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार १३:१२:८
३१ वैशाख, फुङ्लिङ । ताप्लेजुङमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । कोरोना महामारीसँगै निषेधाज्ञा लागू भएपछि जिल्लामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको हो । कोरोना भाइरसको सङ्क्रमण तीव्ररूपमा बढ्न थालेपछि सदरमुकाम फुङ्लिङमा गत वैशाख २० देखि जेठ २ गतेसम्म निषेधाज्ञा लागू गरिएको छ ।
निषेधाज्ञापछि फुङ्लिङ बजार बन्द भएको र उपभोग्य वस्तु सहजरूपमा ढुवानी हुन छाडेपछि मूल्य आकाशिएको हो । फुङ्लिङ बजारमा अहिले चामल, दाल, खानेतेलजस्ता खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ ।
निषेधाज्ञा अघिसम्म जुनेली चामल ३० केजीको पोका रु एक हजार ७७५ सम्ममा पाइने अहिले रु दुई हजार पर्न थालेको छ । रु दुई हजार ६२५ पर्ने ५० केजी तौलको किसान चामलको पोकालाई रु तीन हजार पर्न थालेको छ । खानेतेल सूर्यमुखी आधा लिटरको पोकालाई रु १२५ पर्न थालेको छ भने तोरी तेलको पोकालाई रु १३५ पु¥याइएको छ ।
यसरी नै मुसुरी दाललाई प्रतिकेजी रु १४५ सम्म पर्न थालेको छ । यही अनुपातमा हरेक दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको छ । यता स्थानीय व्यापारीले भने उपभोग्य वस्तुको मूल्य नै महङ्गिएको बताएका छन् । चामल र खानेतेलको मूल्य सबैभन्दा बढी वृद्धि गरिएको स्थानीय व्यवसायीको भनाइ छ । सामानको मूल्यसँगै निषेधाज्ञायता ढुवानी पनि वृद्धि गरिएको फुङ्लिङ बजारका व्यापारी दिनेश अधिकारीले बताए ।
ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका अधिकारीले ढुवानी रकम प्रतिकेजी रु दुई वृद्धि गरी अहिले रु पाँच पु¥याइएको बताए । केही उपभोग्य वस्तुको मूल्यवृद्धि नभए पनि ढुवानी शुल्क वृद्धि भएकाले सोही अनुपातमा अहिले स्थानीय व्यापारीले महङ्गो मूल्यमा सामान बिक्री गर्नुपर्ने बाध्यता भएको अधिकारीको भनाइ छ ।
यता दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदा सर्वसाधारण उपभोक्ता भने मारमा परेका छन् । सदरमुकाम र आसपासका सर्वसाधारण उपभोक्ता कोरोना महामारीका कारण बढी प्रभावित बनेका छन् । निषेधाज्ञापछि उनीहरूको ज्यालादारी पनि गुमेको र बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदा समस्या खड्किँदै गएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार
औपचारिक रुपमा नेपालको बिजुली बंगलादेश निर्यात हुन थाल्यो, भारतीय ग्रिडबाट ४० मेगावाट पठाइयो
कात्तिक ३०, २०८१ शुक्रबार
प्राधिकरणले भोलि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने, भारतले दियो सहमति
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै
मंसिर १, २०८१ शनिबार
पश्चिमी तथा स्थानीय वायुको प्रभावः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
मंसिर १, २०८१ शनिबार
सीमा सुरक्षालाई बलियो बनाउन आजदेखि काठमाडौंमा एपिएफ–एसएसबी आठौं समन्वयात्मक बैठक
मंसिर १, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १, २०८१ शनिबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार