रसुवागढी जलबिद्युत आयोजनाले प्रयोग गर्ने अक्सिजन सिलिन्डर कोभिड बिरामीलाई
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार १४:२०:१९
३१ बैशाख, काठमाडौ । रसुवाको टिमुरेमा निमार्णाधिन रसुवागढी जलबिद्युत आयोजनाले प्रयोग गर्ने २५ थान अक्सिजन सिलिन्डर आयोजनाले कोरोना सङ्क्रमितको उपचारका लागि प्रदान गरेको छ ।
रसुवागढी जलविद्युत आयोजनाको चीनीया ठेकदार कम्पनी सिडब्लुईले निमार्ण स्थलमा प्रयोग गर्दै आएको २५ थान अक्सिजन सिलिन्डर आयोजना प्रमुखको पहलमा आयोजना स्थल बाट जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र तथा जिल्ला प्रशासन कार्यालय रसुवा लाई हस्तान्तरण गरेको हो ।
अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोग गरिने जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद ढकालले बताए । आयोजनाले प्रदान गरिएका तथा उद्योगी,ब्यबसायीहरु र विभिन्न आयोजनाहरु बाट प्राप्त अक्सिजन सिलिन्डरहरु जिल्ला अस्पताल धुन्चे तथा ग्रामिण अस्पताल जिबजिबे गरि जिल्लाका दुईवटा अस्पताललाई प्रयोग गरन पठाईने छ । यसैगरि जिल्लामा संन्चालित सबै जलबिद्युत आयोजना तथा उद्योगी ब्याबसायीहरुलाई बिपदका बेलामा सहयोग गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।
जिल्लामा हाल कोभिडका सक्रिय सङ्क्रमितको सङ्ख्या १८९ रहेको छ । संस्थागत आईसुलेशनमा आठ जना रहेका छन भने होम आईसुलेशनमा एक सय एकाशी रहेका छन । यसैगरि निको हुनेको संख्या १९७ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार