डोटीमा निषेधाज्ञा आगामी जेठ १५ गतेसम्म थप
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार १४:२४:४३
३१ बैशाख, डोटी । जिल्लामा कोरोना सङ्क्रमणको दर दिनहुँ बढ्न थालेपछि यहाँको प्रशासनले लागू गरेको निषेधाज्ञा आगामी जेठ १५ गतेसम्म थप गरेको छ । प्रमुख जिल्ला अधिकारी सुनिल खनालले नयाँ खालको कोरोना भेरियन्टले दैनिक बिरामीको सङ्ख्या बढ्दै गएका कारण आफूहरूले लागू गरेको निषेधाज्ञा आगामी जेठ १५ गतेसम्म थप गरेको बताए ।
उनले भने, “कोरोना संक्रमण दर दैनिक बढ्दै गएको छ, निषेधाज्ञा नगरे नियन्त्रण गर्न गाह्रो अवस्था आएकाले हामीले समय बढाएका हौँ ।”जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना प्रकाशित गरी निषेधाज्ञाको समयमा विवाह, व्रतबन्धजस्ता कार्यक्रम होटल वा पार्टीप्यालेसमा समेत गर्न नपाइने जनाएको छ ।
यसैगरी दैनिक अत्यावश्यक खाद्यान्नलगायतका सामग्री खरिद गर्नका लागि बिहान ९ बजेसम्म दिइएको समय भने एक घण्टा थप गरी १० बजेसम्म पसल खोल्न पाइने नियम बनाइएको छ । जिल्लामा हालसम्म कम्तीमा पनि ४२१ सक्रिय कोरोना संक्रमित रहेका छन् भने कोरोनाका कारण पाँच जनाको ज्यान गइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार