जसपा र नेपाल तत्काल मन्त्रिमण्डलमा नजाने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार १७:८:११
![](https://nepalbahas.prixacdn.net/media/albums/nepal-jasapa_EGuRBoASMX.jpg)
३१ वैशाख, काठमाडौं । संविधानको धारा ७६ (३) अन्तर्गत अल्पमतको प्रधानमन्त्री नियुक्त भएका नेकपा एमाले अध्यक्ष केपी ओलीले आज दिउँसो पदको शपथ लिनुअघि जनता समाजवादी पार्टी र एमाले कै असन्तुष्ट पक्षलाई समेट्न खोजेपनि त्यसको सम्भावना देखिएको छैन् ।
प्रधानमन्त्री ओलीले अब बन्ने मन्त्रिमण्डलमा सहभागी हुन जसपाका महन्थ ठाकुर पक्ष र आफ्नै पार्टीका माधव नेपाल समूहलाई आग्रह गरेका छन् । तर दुबै पक्षले हाललाई सरकारमा सहभागी नहुने जनाउ दिएका छन् ।
तत्काल सानो आकारको मन्त्रिमण्डल गठन गरेर विश्वासको मत लिएपछि मात्रै विस्तार गर्ने ओलीको चाहना रहेको छ । सोही बमोजिम उनी नेपाल पक्षका दुई र जसपाका तीनजना समेटेर शपथग्रहण गर्न चाहन्छन् ।
तर दुबै पक्षले पहिला आफ्ना माग सम्वोधन होस् अनि मात्रै सरकारमा सहभागी हुने जनाउ प्रधानमन्त्रीलाई दिएका छन् । यस्तो जवाफ पाएपछि ओलीले आफू निकट नेताहरुलाई आज बिहानै बालुवाटार डाकेर छलफल गरेका छन् ।
छलफलमा अहिले सानो आकारको मन्त्रिमण्डल बनाउन ओलीलाई सुझाइएको संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्बाङले बताए । आज बिहान नेता नेपालसँग कुरा भएको तर उहाँले पहिला पार्टी विवाद मिलोस् अनि मात्रै मन्त्रिमण्डलमा आफूहरु सहभागी हुने बताएको पनि उनले जानकारी दिए ।
यस्तै , प्रधानमन्त्री ओलीले आफैं फोन गरी जसपा अध्यक्ष ठाकुरलाई उपप्रधानमन्त्रीमा बसिदिन आग्रह गरेका थिए । ठाकुरले पनि आफ्नाे पार्टीले उठाएका माग पूरा नभएसम्म सरकारमा जान नमिल्ने प्रष्ट्याएका थिए ।
यसरी आजै सबै पक्षलाई समेट्न नसकिने अवस्था आएकाले ओलीले आज सानो आकारमा मन्त्रिमण्डल बनाउने भएका छन् । स्रोतका अनुसार, पहिलो चरणमा ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, रामबहादुर थापा र बसन्त नेम्बाङलाई उनले मन्त्री बनाउने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके देउवाले ओलीलाई सत्ताको साँचो सम्हाल्न आग्रह गरेका हुन ?
असार १६, २०८१ आइतबार
गोप्य सूचना संकलन ‘खुला अन्तरक्रिया’ नगरकोटबाट शुरु हुँदै
असार १५, २०८१ शनिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
ओलीलाई भेट्न पत्नी आरजुसहित देउवा किन पुगे बालकोट ?
असार १५, २०८१ शनिबार
असई थमन विकको हत्या प्रकरण, पूर्वसांसद यादव पक्राउ
असार १६, २०८१ आइतबार
विभिन्न स्थानबाट २०८ किलो गाँजासहित पाँच जना पक्राउ
असार १६, २०८१ आइतबार
सरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
महाकाली नदीमा बगेर मजदुर बेपत्ता
असार १६, २०८१ आइतबार
मकालु वरुण निकुञ्जका कर्मचारी मृत भेटिए
असार १६, २०८१ आइतबार
नेप्से १४.८३ प्रतिशतले घटेर दुई हजार ३७.०९ को विन्दुमा कायम
असार १६, २०८१ आइतबार