नुवाकोटका हरेक स्थानीय तहमा अक्सिजन सहितको आइसोलेसन केन्द्र
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार १७:२८:०
३१ बैशाख, काठमाडौं । कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचार गर्न नुवाकोटका सबै स्थानीय तहले अक्सिजन सहितको आइसोलेसन केन्द्र स्थापना गरेका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार नुवाकोटका १२ स्थानीय तहसहित नेपाली सेनाको नं. १ तालीम गण र त्रिशूली अस्पतालमा गरी जिल्लाभर कुल २ सय २२ शैय्याको आइसोलेसन सञ्चालनमा ल्याइएको छ ।
जन स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पहाडि नुवाकोटका अधिकांश स्थानीय तहले पहिलो चरणको कोरोना महामारीको समयमा तयार गरेका आइसोलेसनलाई पुनःसञ्चालनमा ल्याएका छन् । केहीले यसअघि बनाएको क्वारेन्टिन (सुरक्षित बासस्थान ) लाई स्तरोन्नति गरेर हाल आइसोलेसन शैय्यामा रुपान्तरण गरेका छन् ।
विदुर नगरपालिकाले बट्टार नागटारीस्थित कर्भडहलमा २२ र नुवाकोट सिटी कम्युनिटी अस्पतालमा १५ गरेर ३७ शैय्याको आइसोलेसन तयार गरेको विदुर नपाका स्वास्थ्य शाखा प्रमुख पूर्णध्वज श्रेष्ठले जानकारी दिए । आइसालेसनमा अक्सिजन सिलिण्डर, अक्सिजन कन्सनट्रेटर, पल्स–अक्सोमिटर सहित चिकित्सकको व्यवस्था गरिएको छ ।
बेलकोटगढी नगरपालिकामा कोभिड अस्पतालसहित २५ शय्याको आवश्यक सुविधासहित आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको मेयर राजेन्दरमण खनालले जानकारी दिए । लिखुमा १०, शिवपुरीमा २०, म्यागङमा ८, किस्पाङमा ५, सूर्यगढीमा २०, तादीमा २०, तारकेश्वरमा ९, दुप्चेश्वरमा ८, पञ्चकन्यामा ५ र ककनी गाउँपालिका ५ शय्याको आइसोलेसन कक्ष तयार रहेको छ ।
आइसोलेसन कक्षमा सबै स्थानमा अक्सिजनसहित अक्सिजन कन्सनट्रेटर, पल्स–अक्सोमिटर, पिपिइ, भाइरस परीक्षण गर्ने एण्टिजेन कीट, आरटिपिसिआरको लागि स्वाब सङ्कलन गर्न भिटिएमसहितको सुविधा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार