घरमै नमाज पाठ गरी इदुल फित्र मनाइँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार १७:४२:७
![](https://nepalbahas.prixacdn.net/media/albums/Musalman-Ramjan_UGnshd3SSL.jpg)
३१ जेठ,काठमाडौं । अरबी पात्रो हिजरी संवतअनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाउँदै छन् ।
दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।
खुशीपूर्वक दान गरेर दीनदुःखी एवम् गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इदुल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदुल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । नवौँ महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज इदुल फित्र मनाइएको हो ।
यस वर्ष कोरोना भाइरसको संक्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण आज बिहान नेपाली जामे मस्जिद घन्टाघरमा विशेष नमाज पाठमा १५ जनाभन्दा बढी उपस्थित नभएको सचिव हुसेनले सुनाए । विसं २०७६ सम्म नेपाली जामे मस्जिदमा इद उल फित्रको बिहान नमाज पढ्न १०औँ हजार मुस्लिम धर्मावलम्बी जम्मा हुने गरेका थिए । गत वर्ष पनि कोरोनाबाट बच्न बन्दाबन्दी गरिएकाले मुस्लिम धर्मावलम्बीले घरमै इदुल फित्र मनाएका थिए ।
निषेधाज्ञाका कारण मस्जिद, इदगाहलगायत धार्मिकस्थलमा मौलाना र कर्मचारी मात्र उपस्थित हुने भएपछि धेरै मुस्लिम समुदायले घरमै परिवारका सदस्यबीच नमाज पाठ गरेर इद उल फित्र मनाउँदै छन् । त्यसपछि ठूलाबडा कहाँ आशीर्वाद लिने क्रम शुरु हुन्छ । ठूलाबडा कहाँ आशीर्वाद लिँदा पनि बन्दाबन्दीको नियम नतोडिने जामे मस्जिदले जनाएको छ । घरमै रहेका ठूलाबडासँग आशीर्वाद लिई घर बाहिरकासँग फोन, सामाजिक सञ्जालमार्फत पनि लिन सकिने नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल मोहम्मद समीमले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न
फागुन १, २०८१ बिहिबार
आठौँ शताब्दी पुरानो माधवनारायण मेला एक महिनामा सम्पन्न
माघ ३०, २०८१ बुधबार
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु
माघ २८, २०८१ सोमबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
तपाईंको नङले तपाईंको स्वास्थ्यको बारेमा के बताउँछ ?
फागुन ३, २०८१ शनिबार
अर्थमन्त्री पौडेललाई थप उपचारका लागि जलन कीर्तिपुरस्थित बर्न हस्पिटल लगियो
फागुन ३, २०८१ शनिबार
अर्थमन्त्रीको उपचार जारी, आजै काठमाडौं फर्किने
फागुन ३, २०८१ शनिबार
वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ
फागुन ३, २०८१ शनिबार
तपाईंको नङले तपाईंको स्वास्थ्यको बारेमा के बताउँछ ?
फागुन ३, २०८१ शनिबार
अर्थमन्त्री पौडेललाई थप उपचारका लागि जलन कीर्तिपुरस्थित बर्न हस्पिटल लगियो
फागुन ३, २०८१ शनिबार
अर्थमन्त्रीको उपचार जारी, आजै काठमाडौं फर्किने
फागुन ३, २०८१ शनिबार
वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ
फागुन ३, २०८१ शनिबार
तपाईंको नङले तपाईंको स्वास्थ्यको बारेमा के बताउँछ ?
फागुन ३, २०८१ शनिबार
अर्थमन्त्री पौडेललाई थप उपचारका लागि जलन कीर्तिपुरस्थित बर्न हस्पिटल लगियो
फागुन ३, २०८१ शनिबार
अर्थमन्त्रीको उपचार जारी, आजै काठमाडौं फर्किने
फागुन ३, २०८१ शनिबार