संक्रमित दिनहुँ बढ्न थालेपछि गाउँपालिकामै उपचार
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार १८:४८:१८
३१ वैशाख,डोटी । जिल्लामा कोरोना संक्रमित दिनहुँ बढ्न थालेपछि उपचारमा सहज होस् भन्ने उद्देश्यले यहाँको बडिकेदार गाउँपालिकाले आफ्ना पालिकामा भएका कोरोना संक्रमितलाई अब गाउँमै उपचार गर्ने भएको छ ।
चिकित्सकसहित छ स्वास्थ्यकर्मीले कोरोना संक्रमितको गाउँपालिकामै उपचार सेवा दिन थालेका छन् । पालिकामा रहेको स्वास्थ्य कार्यालयमा कोभिड अस्पताल सञ्चालन गरी दश श्ययासहितको आइसोलेशन कक्ष तयार गरी कोरोना संक्रमितको उपचार गर्ने योजनाअनुसार उपचार कार्य शुरु गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिए ।
गाउँपालिकामै कोरोना संक्रमितको उपचार गर्ने जिल्लामा बडिकेदार पहिलो गाउँपालिका भएको अध्यक्ष चन्दको जिकिर छ । उनका अनुसार आइसोलेशनसमेत दश श्ययामा अक्सिजन सहितको व्यवस्था पनि मिलाइएको छ । गाउँपालिकाले स्थापना गरेको अस्थायी कोभिड अस्पतालबाट कोरोना संक्रमितको उपचार प्रक्रिया शुरु भएको गाउँपालिकामा कार्यरत चिकित्सक डा सुरज श्रेष्ठले बताए ।
उनले भने, “पालिकाको निर्णयअनुसार हामीले दश श्ययासहित अक्सिजनको व्यवस्था गरी कोरोना संक्रमितको उपचार गर्न शुरु गरेका छौँ, कोरोना लागिहाले उपचार नपाएर मर्ने चिन्ता केही हदसम्म अन्त हुने भएको छ ।” यसभन्दा पहिले उक्त गाउँपालिकामा कोरोना संक्रमित भएका व्यक्तिलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल तथा अन्य निजी अस्पतालमा लैजानुपर्ने अवस्था रहेको थियो ।
गाउँमै कोरोना संक्रमितको उपचार गरिन थालेपछि सङ्क्रमितलाई उपचारका लागि जिल्लाबाहिर लैजानुपर्ने समस्या समाधान भएको भन्दै स्थानीयवासी खुशी भएका बडिकेदार–१ का प्रकाश कलेलले जानकारी दिए । अस्पतालले कोरोना संक्रमितको उपचार गर्न शुरु गरेपछि संक्रमित बढ्दै गए अक्सिजनको अभाव हुने भन्दै चिन्ता थपिएको डा श्रेष्ठले जानकारी दिए ।
पालिकाले सञ्चालनमा ल्याएको उक्त कोभिड अस्पतालमा अहिले एक चिकित्सक, मेडिकल अधिकृत, एक हेल्थ असिसटेन्ट, एक अनमी, एक सिएमए र एक कार्यालय सहयोगी कार्यरत रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा कूल १३ कोरोना संक्रमित रहेकामा १२ को होम आइसोलेशन तथा एक जनाको कोरोना अस्पतालमा उपचार भइरहेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभरिमा हालसम्म कूल ४२१ जनामा कोरोना संक्रमण भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार