प्राविधिक समस्याले सेवा अबरुद्ध भएकोमा रिचार्जरको क्षमा याचना
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार १९:३५:२
३१ बैशाख, काठमाडौं । इ-कमर्श प्लेटफर्म रिचार्जरले प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएकोमा क्षमा याचना मागेको छ । रिचार्जरले शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सम्म ह्याप्पी आवरमा ९९९ रुपैंयामा अक्सिमिटर उपलब्ध गराउने घोषणा गरेको थियो ।
जसका कारण रिचार्जरको मोबाइल एप तथा वेब पोर्टलमा एकै समयमा लाखौंको संख्यामा आएको ट्राफिकका कारण एप तथा पोर्टल तत्कालका लागि अबरुद्ध हुन पुगेको छ । यसबाट आम सेवाग्राहीमा पर्न गएको असुविधाप्रति माफी मागेको रिचार्जरले जनाएको छ ।
दुवै प्लेटफर्ममा देखिएको समस्या निराकरणको काम भईरहेको बताउँदै ग्लोबल कि टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले सेवाग्राहीसँग क्षमा याचना मागेका छन् । एप सुचारु भए पछि पुर्वनिर्धारित मूल्यमा नै अक्सिमिटर उपलब्ध गराउने उनले जानकारी दिए ।
उनका अनुसार शुक्रबार ५ घण्टाका लागि मात्र बुकिङ तथा अर्डर लिने व्यवस्था गरिएकोमा एप सुचारु भए पछि सामान्य अवस्थामा पनि सोही मूल्यमा अक्सिमिटरका साथै अन्य कोभिड सम्बन्धि वस्तु तथा उपकरण उपलब्ध हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार