उच्च शेयरमूल्य भएको राष्ट्रिय बीमा कम्पनीको मुनाफा ४९ प्रतिशतले घट्यो

नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार २०:१८:१८

३१ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा राष्ट्रिय बीमा कम्पनीको मुनाफा ४९.४७ प्रतिशतले घटेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको बीमाशुल्क बढेपनि मुनाफा भने घटेर २७ करोड १२ हजार रुपैयाँमा सिमित भएको हो ।
गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको मुनाफा ५३ करोड ४३ लाख रुपैयाँ रहेको थियो ।यस अवधिमा कम्पनीको खुद बीमाशुल्क भने १०.८५ प्रतिशतले बढेर १९ करोड ३७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १७ करोड ४७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको खुद बीमाशुल्क बढेपनि अन्य आम्दानी घटेपनि मुनाफामा संकुचन देखिएको हो । कम्पनीको लागनी कर्जा तथा अन्य आय ३८.८० प्रतिशतले घेटर १० करोड ५५ लाख रुपैयाँमा झरेको छ । गत आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी १७ करोड २४ लाख रुपैयाँ रहेको थियो ।
यस्तै कम्पनीले पुनर्बीमा कमिशन वापत १३ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब १० करोड रुपैयाँ, बीमा कोषमा २ अर्ब ३८ करोड रुपैयाँ सञ्चित छ ।
यस अवधिसम्ममा कम्पनीले ३९ हजार ६२८ वटा बीमालेख जारी गरी १ अर्ब ३७ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने ८ हजार ७२१ वटा दाबी वापत १४ करोड ७४ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १३५ रुपैयाँ २ पैसा, प्रतिशेयर नेटवर्थ १२६३ रुपैयाँ ८८ पैसा र मूल्य आम्दानी अनुपात १७७.८५ गुणा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानिमा जीआईसी इन्स्योरेन्सको शेयर बिक्रीमा
फागुन १३, २०८१ मंगलबार
बीमा प्राधिकरणको अध्यक्षमा ३३ वर्षीय शरद ओझा नियुक्त
फागुन १२, २०८१ सोमबार
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन दिने अन्तिम दिन
माघ २२, २०८१ मंगलबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार