टीकापुरमा अक्सिजन सहयोग अभियान
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार २१:२४:१७
३१ वैशाख,भजनी । स्वयम्सेवी संस्था टीकापुर सरोकार समूहले टीकापुर अस्पतालमा अक्सिजन सहयोग गर्नका लागि अक्सिजन सहयोग अभियानको थालनी गरेको छ । अक्सिजनको अभावले दैनिक नागरिकले ज्यान गुमाउन थालेपछि टीकापुर अस्पताल, टीकापुर उधोग वाणिज्य संघ र टीकापुर सरोकार समुहले संयुक्त रुपमा अक्सिजनको अभावमा कुनै व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ उक्त अभियानको शुरुवात गरेको हो ।
अभियानको शुरुआत् भएसँगै विभिन्न सहयोगदाताले सहयोग रकम उपलब्ध गराउन थालेका छन् । सरोकार समूहसँग आवद्ध देश तथा विदेशमा रहेका नागरिकले अस्पतालमा अक्सिजन आपूर्तिमा सहयोग होस भन्दै स्वेच्छिक सहयोग गर्न थालेका छन । अभियानका लागि टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावल र सरोकार समूहका सदस्य नवराज भट्टराईको नाममा संयुक्त बैंक खाता समेत खोलिएको छ ।
“अक्सिजन अभावका कारण नागरिकहरुले अकालमा ज्यान गुमाउँदै आएका छन, एक नागरिकले अर्कोलाई अप्ठ्यारोमा सहयोग गर्नु हाम्रो कर्तव्य हो”, सरोकार समूहका सदस्य भट्टराईले भने, “ हामीले सोचेका पनि थिएनौ यति राम्रो सहयोग जुटला भनेर । हालसम्म करिब ४३ लाख रुपैयाँ सङ्कलन भैसकेको छ ।”
टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले अक्सिजन प्लान्ट निर्माणमा सघाउने भएका छन । दुवै पालिकाले टीकापुर अस्पतालमा निर्माण हुने अक्सिजन प्लान्ट निर्माणमा सघाउने निणर्य गरेका छन । टीकापुरले २० र जानकी गाउँपालिकाले १५ लाख रुपैयाँ सहयोग गर्ने निणर्य गरेका छन । दुईवटा पालिकाले सघाउने भएपछि अस्पतालले सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा निर्माण हुने अक्सिजन प्लान्टको क्षमता बढाउन पहल थालेको छ । यसअघि अस्पतालले प्रदेश सरकारले निर्धारण गरेको क्षमता अनुसार नै अक्सिजन प्लान्ट निर्माण प्रक्रिया थालेको थियो । प्रदेश सरकारको ८० लाख रुपैयाँ लागतमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया शुरु भएको थियो । जसको क्षमता दैनिक २० सिलिण्डर भर्न सक्ने मात्रै रहेको थियो ।
दुईवटै पालिकाले बजेट थप गरेपछि दैनिक ६० सिलिण्डर भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अगाडि बढाइएको अस्पताल विकास समितिका अध्यक्ष रावलले जानकारी दिए । उनले प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया रोकेर पालिकाको लगानी सहितको प्रक्रिया थालिने बताउदै अब १ करोड १५ लाखको लागतमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अगाडि बढाइएको बताए ।
“पुरानो प्रक्रिया रोक भनेर मौखिक आदेश आइसकेको थियो, त्यसै अनुसार आज अक्सिजन प्लान्ट निर्माणको लागि सूचना प्रकाशित हुन्छ”, अध्यक्ष रावलले भने, “ प्लान्ट जडाएन भएपछि बिरामीकालागी धेरै राहत हुनेछ ।” प्लान्ट निर्माण हुन करिव डेढ महिना लाग्ने छ । अहिले अस्पतालमा नेपालगञ्जबाट अक्सिजन आपूर्ति भैरहेको छ ।
उद्योग बाणिज्य संघका अध्यक्ष भण्डारीले कतैबाट पनि अस्पतालको लागि सहयोग नभएपछि नागरिकस्तरबाट सहयोगको आव्हान गरिएको बताउँदै नागरिकबाट सोचेभन्दा राम्रो सहयोग भएको बताए । “हामीले पनि बाँच्नुपर्छ र अरुलाई पनि बचाउनुपर्छ भन्ने उद्देश्यले नै अभियान सुरु गरेका हौ”, अध्यक्ष भण्डारीले भने, “अभियानपछि अस्पताललाई ठूलो राहत मिलेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार