निषेधाज्ञामा निशुल्क सवारी साधनको व्यवस्था गर्दै युवा
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार २१:३७:२
३१ वैशाख,काठमाडौं । विपद्का अवस्थामा मानवीय सेवाका लागि धन नै चाहिन्छ भन्ने होइन, मन भए पुग्छ । चन्द्रागिरि नगरपालिका– १२ का छ युवाले नगरपालिकासँगको समन्वयमा आफ्नो व्यवसायलाई नै मानवीय सेवामा लगाइ नयाँ उदाहरण देखाएका छन् ।
उनीहरुले अहिले आफूसँग रहेका सवारी साधनमध्ये पाँचवटा कार तथा एक मोटरसाइकल गर्भवती, सुत्केरी,दीर्धरोगी तथा डायलोसिस लगयत अन्य बिरामीलाई अस्पताल लैजान र ल्याउनको लागि निः शुल्क व्यवस्था गर्दै सेवा शुरुआत गरेका छन् । कोरोना महामारीका विषम अवस्थामा बिरामीलाई सहज स्वास्थ्य सेवाको पुहँचसम्म पु¥याउन सो सेवा शुरु गरेका बताइएको छ ।
गुर्जुधारास्थित भेहिकल एकेडेमी एण्ड रिसर्ज सेन्टरका सञ्चालक समेत रहेका युवा व्यवसायी राजेश घिमिरे (९८५१०२२१८९),रामनारायण घिमिरे (९८५१० ८८१९९) ,माधवप्रसाद अधिकारी (९८५१०८१४४१), विदुरप्रसाद अधिकारी (९८५१०९५०२६) देवेन्द्र प्रधान (९८५१०४४८३३) र पूर्णप्रसाद श्रेष्ठले( ९८५११७१२३७) ले आजदेखि सेवा सञ्चालनमा ल्याएका हुन् ।
समाजसेवी राजेशले सेवा २४ सैँ घण्टा उपलब्ध हुने र सेवाग्राहीले ती फोनमा सम्पर्क गरी सेवा लिन सक्ने बताए । उनले भने “स्वास्थ्य मापदण्ड अनुसार ती सवारी साधन तयारी गरिएको छ र सञ्चालन हुन्छन् । यसका लागि आवश्यक चालक तयारी अवस्थामा छन् । बिरामीलाई चाहेका समयमा सेवा दिन्छौँ ।”कोरोनाका जोखिम हुन नदिन गतवर्ष जारी लकडाउनमा ती व्यवसायीले नगरपालिकाद्वारा स्थापित विपद्कोषमा रु एकलाख सहयोग तथा विपन्न परिवारलाई खाद्यन्न तथा राहत वितरण गर्रेका थिए ।
नगरपालिकासँगको समन्वय र सहकार्यमा मास्क, स्यानिटाजर, हातधुने समाजिक अभियान समेत सञ्चालन गरेको रामनारायण बताए । उनले भने “विपद्का समयमा राज्यले के दियो भन्दा पनि मानवीय सेवा दिन सेवा शुरुआत गरेका हौँ । हामी जो जहाँ छौँ, सबै मिलेर कोरोनालाई परास्त गर्न एक जुट होऔँ । सहयोगका हात अगाडि बढाऔँ । ”
नगरपालिका स्वास्थ्य शाखासँग नगरक्षेत्रका मिर्गौलाका डायलायसिस गराउनुपर्ने, क्यान्सरका किमो दिनुपर्ने तथा मुटुका बिरामी, तथा गर्भवती र सुत्केरी कति रहेका छन् भन्ने आधिकारीक तथ्याङ्क छैन । पछिल्लो समय नगरपालिकाले आफ्ना एम्बुलेन्सलाई कोरानो सङ्क्रमितका सेवामा लगाएको छ । “गतवर्षका लकडाउनमा नगरक्षेत्रका मिर्गौला, क्यान्सर , मुटु रोगी तथा गर्भवती, सुत्केरीलाई समयमा अस्पताल पु¥याँउन धेरै समस्या भयो । कयौ बिरामीले गाडि मिलाइदिनु प¥यो भनेर सम्पर्क गरे । यसपटकको निषेधाज्ञामा पनि यो पीडा कसैले पनि भोग्न नपरोस भनेर निः शुल्क यातायातको व्यवस्था मिलाएका हौँ।” भेहिकलका सञ्चालक माधव अधिकारीले भने । उनले कोरोना संक्रमण, रोकथाम र नियन्त्रण अवधिभर सेवा जारी रहने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार