नेपाल पत्रकार महासंघ बाँकेले एम्बुलेन्स सेवा प्रदान गर्ने

नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार २२:१७:२५

३१ बैशाख, बाँके । नेपाल पत्रकार महासंघले एम्बुलेन्से सेवा प्रदान गर्ने भएको छ । नेपालकै पहिलो पत्रकार महासंघको शाखा नेपाल पत्रकार महासंघ बाँके शाखाले यस्तो सेवा प्रदान गर्न लागेको हो ।
कोरोना भाइरस संक्रमण र यसको रोकथामका लागि कटिबद्ध भएर अघि बढेको बाँके महासंघ शाखाले कार्यसमितिको बैठकबाट यस्तो निर्णय गरेको छ । महासंघ बाँके शाखाको अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा शुक्रबार बसेर कार्यसमितिले केही दिनमै एम्बुलेन्स खरिद गरि सञ्चालन गर्ने निर्णय गरेकाे बताइएकाे छ ।
अध्यक्ष भण्डारीको अध्यक्षतामा बसेको बैठकले एम्बुलेन्स खरिदका साथसाथै कोरोना भाइरस महामारीले बाँकेका पत्रकारलाई पारेको समस्या र समाधानका लागि भएका कामहरुको समिक्षा समेत गरेको छ । महासंघ बाँकेका अध्यक्ष भण्डारीले असहाय नागरिकको सेवामा एम्बुलेन्स लगाउने बताएका छन् । मुनाफारहित सेवाभावले खरिद गर्न लागिएको एम्बुलेन्सको आर्थिक व्यवस्थापनका लागि उपाध्यक्ष संगीन शर्माको संयोजकत्वमा सात सदस्यीय ‘आर्थिक सहयोग संकलन समिति’ गठन गरिएकाे बताए ।
साथै एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गर्न सम्पूर्ण पत्रकार, सञ्चारगृह, उद्योगी, व्यवसायी, समाजसेवी, सरकारीरगैरसरकारी निकाय सबैलाई नेपाल पत्रकार महासंघ बाँके शाखा सार्वजनिक रुपमा आव्हान गरेको महासंघ सचिव कमल डाँगीद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसात महिनामा लुम्बिनी प्रदेशमा एक चौथाइ रकम मात्र खर्च
फागुन ९, २०८१ शुक्रबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार