चार वाणिज्य बैंकले गरे नयाँ ब्याजदर सार्वजनिक, कुन खाताको ब्याज कति ?
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार २२:४३:५९
३१ वैशाख, काठमाडौं । बिहीबार चार वाणिज्य नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । चार वटै बैंकले जेठ १ गतेबाट लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।यस दिनसम्म नयाँ ब्याजदर कायम गर्नेमा लक्ष्मी बैंक, सानिमा बैंक, हिमालयन बैंक र माछापुच्छ्रे बैंक रहेका छन् ।
माछापुच्छ्रे बैंकले कुन खातामा कति दिँदैछ ब्याज ?
माछापुच्छ्रे बैंकले संचालनमा ल्याएको १४ वटा बचत खातामा न्यूनतम २ देखि ४ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । त्यस्तै, मद्दति निक्षेपमा व्याक्तिगततर्फ ७ प्रतिशत ब्याजदर कायम गरेको छ भने संस्थागततर्फ ७ प्रतिशत नै ब्याजदर कायम गरेको छ ।
बैंकको बेसरेट ७ प्रतिशत रहेको छ । बैंकले अधिकांश कर्जामाहरुमा १४ प्रतिशत सम्म ब्याजदर तोकेको छ । त्यस्तै, फिक्स ब्याजदरका कर्जाकोमा व्याक्तिगततर्फ होम कर्जामा ५ वर्ष अवधिसम्मको लागि ९.८९ प्रतिशत १० वर्षे अवधिको कर्जामा १०.८९ प्रतिशत र १० वर्षे वढिको अवधिको कर्जाको लागि ११.८९ प्रतिशत ब्याजदर तोकेको छ ।
त्यस्तै, अटो कर्जामा ५ वर्ष अवधिको कर्जामा ९.९९ प्रतिशत, १० वर्षे अवधिको कर्जामा १०.९९ प्रतिशत र १० वर्षे वढिको अवधिको कर्जाको लागि ११.८९ प्रतिशत ब्याजदर तोकेको छ । अन्य कर्जामा न्यूनतम १०.२४ देखि १२.२४ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
लक्ष्मी बैंकको नयाँ ब्याजदर
लक्ष्मी बैंकले हाल ११ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ । जसमा न्यूनतम २।५ प्रतिशतदेखि अधिकतम ४।५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।
साथै बैंके ट्रम डिपोजिटमा ३ महिनादेखि ६ महिनाका लागि संस्थागत ६.५ प्रतिशत र व्यक्तिगत ७ प्रतिशतसम्म ब्याजदर तोकेको छ भने ६ महिनाभन्दा बढी भएमा संस्थागत र व्यक्तिगतका लागि ७ प्रतिशतसम्म तोकेको छ । साथै रिक्युरिङ डिपोजिटमा व्यक्तिगततर्फ ७.५ प्रतिशत र स्ट्रक्चर्ड डिपोजिटमा संस्थागतका लागि ७.५ प्रतिशत ब्याजदर तोकेको छ ।
त्यसैगरी कर्जाका लागि बैंकले ६.७९ प्रतिशत बेस रेट तोकेको छ । साथै बैंकले उक्त बेसरेटमा थप अधिकतम ओभरड्राफ्ट कर्जा, इम्पोर्टर कर्जा, सप्लाइ फाइनान्स, ट्रम लोन, होम लोन, अटो लोन, एजुकेशन लोन, पर्सनल लोनलगायतमा ५ प्रतिशतसम्म थप गरी ब्याजदर लिन सकिने जनाएको छ ।
हिमालयन बैंक
बैंकले निक्षेपमा २ देखि ७.२५ प्रतिशतसम्म ब्याजदर रहेको छ भने कर्जाको ब्याजदर आधार दरमा ३.७५ प्रतिशत देखि ५ प्रतिशतसम्म छ ।
बैंकको आधार दर ६.७५ पतिशत रहेको छ । बैंकले प्रबाह गर्ने ओभरड्राफ्ट कर्जाको ब्याजदर आधार दरमा ५ प्रतिशत बढी छ । त्यस्तै टर्म लोन र डिमान्ड लोनको ब्याजदर पनि आधार दरमा थप ५ प्रतिशत छ ।
घरजग्गा कर्जा ७ वर्षसम्मका लागि ९.९९ प्रतिशत र त्योभन्दा माथिका लागि आधार दरमा थप ५ प्रतिशत रहेको छ । त्यस्तै शैक्षिक कर्जा र किसान कर्जा पनि आधार दरमा ५ प्रतिशत थप छ ।
बैंकले मुद्दति निक्षेपमा ४ देखि ७ प्रतिशत ब्याजदर तोकेको छ । व्यक्तिगततर्फको मुद्दति निक्षेपमा ३ महिनाका लागि ४ प्रतिशत, ६ महिनाका लागि ६ प्रतिशत, ९ महिनाका लागि ६.५० प्रतिशत र १ वर्षभन्दा माथिको मुद्दती निक्षेपमा ७ प्रतिशत ब्याजदर तोकिएको छ । मुद्दति निक्षेपको न्यूनतम बचत रकमको सीमा १० हजार रुपैयाँ बराबर छ ।
सानिमा बैंक
सानिमा बैंक लिमिटेडले जेठ महिनाका लागि मुद्दति निक्षेपमा नयाँ ब्याजदर तोकेको छ ।
बैंकले ३ महिनादेखि ६ महिनासम्मको मुद्दति निक्षेपमा ४.५१ प्रतिशत र ६ महिनामाथिको मुद्दति निक्षेपमा ६.०१ प्रतिशत ब्याज तोकेको छ ।
यस प्रकृतिको निक्षेपका लागि न्यूनतम बचत रकम ग्रामीण भेगका शाखाका लागि १० हजार र काठमाडौं उपत्यका बाहिरका सहरी क्षेत्रका शाखाका लागि ५० हजार र उपत्यकाभित्रका शाखाका लागि १ लाख रुपैयाँ बराबर तोकिएको छ ।
संस्थागततर्फको मुद्दति निक्षेपमा भने ६.०१ प्रतिशत ब्याजदर तोकिएको छ भने सानिमा एनआरएन मुद्दति निक्षेपमा ४ देखि ५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । यस्तो निक्षेपको न्यूनतम अवधि २ वर्ष छ ।
सानिमा दीर्घायु बचत खाता, सानिमा सहज बचत खाता, सानिमा मेरो बचत खाता, सानिमा स्पेसल तलब खाता, र सानिमा दीर्घायु तलब खाताका लागि समान ३.५१ ब्याजदर तोकिएको छ ।
चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार बैंकको बेसरेट ६.२३ प्रतिशत र ब्याजदर स्प्रेड ७.०७ प्रतिशत रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो
माघ ७, २०८१ सोमबार
प्रभु बैंकको नाफा ८५.४९ प्रतिशतले बढ्यो
माघ ७, २०८१ सोमबार
ऋण लिएको स्वीकार गरेपछि रविलाई आफ्नै बयान भयो गलपासोः यस्तो छ अभियोग पत्र
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफल गर्ने कार्यसूची
माघ ८, २०८१ मंगलबार
वामदेव गौतमको जिम्मेवारी तोक्न एमाले सचिवालय बैठक बस्दै
माघ ८, २०८१ मंगलबार
हेटौँडा उपमहानगरपालिकाद्वारा ६ महिनामा १९ करोड राजस्व संकलन
माघ ८, २०८१ मंगलबार
राष्ट्रपतिको सपथ लिँदै ट्रम्पले भने– म सधैं अमेरिकालाई प्राथमिकता दिनेछु
माघ ८, २०८१ मंगलबार
वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी
माघ ८, २०८१ मंगलबार
देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै
माघ ८, २०८१ मंगलबार