संक्रमण बढेपछि कञ्चनरुप नगरपालिका सिल
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार २२:५१:४९
३१ वैशाख,राजविराज । सप्तरीको उत्तरपूर्वी भेगमा रहेको कञ्चनरुप नगरपालिकामा कोरोना भाइरस तीव्ररूपमा बढिरहेको भन्दै आजदेखि नगरपालिका सिल गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आज बसेको बैठकले नगरपालिका सिल गर्ने निर्णय गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
बैठकले कञ्चनरुप नगरपालिकामा जिल्लामै सबैभन्दा संक्रमण दर बढी देखिएकाले सबै वडा सिल गरेर आवतजावतमा कडाइ गर्ने निर्णय गरेको प्रजिअ पोखरेलले बताए । बिहीबार मात्रै उक्त नगरपालिकामा ४८ जनाको पिसिआर जाँच गर्दा ३७ जनामा कोरोना पुष्टि पाइएको थियो ।
कञ्चनरुपमा हालसम्म कोरोना संक्रमितको सङ्ख्या १२५ पुुगेको छ । संक्रमितमध्ये सबैभन्दा बढी वडा नं ८ मा ७५ जना रहेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । वडा नं १ बाहेक सबै वडामा कोरोना संक्रमित भएको बताइएको छ । कोरोनाका कारण कञ्चनरुपमा मात्रै अहिलेसम्म पाँचको मृत्यु भइसकेको जनाइएको छ ।
बिहीबार मात्र तीन संक्रमितको मृत्यु भएको थियो । समुदायस्तरमा कोरोना भाइरस व्यापकरूपमा फैलिरहेकाले रोकथाम तथा नियन्त्रणका लागि एक साता कञ्चनरुपमा स्वास्थ्य सेवाबाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’
पुष ९, २०८१ मंगलबार
जानकी गाउँपालिकामा नतिजाका आधारमा विद्यालयलाई अनुदान
पुष ९, २०८१ मंगलबार
एकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
पुष ९, २०८१ मंगलबार
छविको सकिएपछि सुरुहुन्छ रवि लामिछानेको बयान
पुष ९, २०८१ मंगलबार
झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
पुष ९, २०८१ मंगलबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार