जसपामा राजेन्द्र महतो संसदीय दलको नेता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शनिबार ०:४:३६
![](https://nepalbahas.prixacdn.net/media/albums/rajendra-mahato-e1616503133396_H9jWVXgG6J.jpg)
३१ बैशाख, काठमाडौं । जनता समाजवादी पार्टी ‘जसपा’को महन्थ ठाकुर—राजेन्द्र महतो पक्षले महतोलाई एकपक्षीय रुपमा संसदीय दलको नेता चयन गरेको गरेको छ ।
ठाकुर— महतो पक्षका २० जना सांसदहरूको सहमतिमा महतोलाई संसदीय दलको नेता चयन गरेको महतो पक्षका सांसद प्रमोद साहले बताए । आइतबार संसद सचिवालयमा यस सम्बन्धमा जानकारी गराउने तयारी भएको पनि उनले जनाए ।
ठाकुर—महतो पक्षसँग १६ जना सांसद छन । उपेन्द्र यावद पक्षका अरु ४ जना सांसद आफ्नो कित्तामा आएको साहले दावी गरे । ‘अहिले हामीसँग २० जना सांसद हुनुहन्छ । अरू एकजना सांसदले पनि आउने प्रतिबद्धता जनाउनु भएको छ ।’ कित्ता परिवर्तन गरेका सांसदको नामबारेमा भने उनले खुलाउन चाहेनन । ठाकुर निकट नेता डा. सुरेन्द्र झाले पनि सहमतिमा महतोलाई संसदीय दलको नेता चयन गरिएको बताए ।
उपेन्द्र यादव पक्षका सांसद रामसहाय यादवले भने महतोलाई संसदीय दलको नेता चयन गरेको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । ‘कहिले संसदीय दलको बैठक बस्यो र कुन आधारमा महतोजी संसदीय दलको नेता चयन हुनु भयो । यसबारेमा मलाई थाहा छैन’ यादवले भने ।
ठाकुर महतो पक्षका सांसदहरूले बिहीबार भक्तपुरको डोलेश्वर रिसोर्टमा गई बैठक गरेका थिए । सो बैठकमा महतोलाई संसदीय दलको नेता चयन गर्ने सहमति भएको साहले बताए । पोहर साल तत्कालिन समाजावादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण हुँदा महतोलाई संसदीय दलको नेता दिने मौखिक सहमति भएको ठाकुर निकट नेताहरू बताउँछन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार