संक्रमितको दाहसंस्कारमा संलग्न कर्ममचारीलाई एक हजार भत्ता: ढकाल
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शनिबार ०:३१:२४
३१ बैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले काेराेना संक्रमितको शव दाहसंस्कारमा संलग्न कर्ममचारीलाई एक हजार भत्ता दिने निर्णय गरेका छन् ।
आज मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री ढकालले पशुपति आर्यघाटमा कोभिड १९ संक्रमित भएकाको शव दाहसंस्कारमा संलग्न हुने कर्ममचारीलाई प्रोत्साहन भत्तास्वरूप एक हजार रुपैयाँ दिने निर्णयको फाइल सदर गरेका हुन् ।
यसअघि सरकारले निर्णय गरेर जोखिम भत्ता दिने निर्णय गरेको भए पनि पशुपति आर्यघाटमा शव दाहसंस्कारमा सहभागी हुने कर्मचारी परेका थिएनन् । अब उनीहरूले पनि प्रोत्साहन भत्ता पाउने भएका छन् ।
यस्तै मन्त्री ढकालले कोभिड १९ का कारण थला परेको पर्यटन क्षेत्रको विकास र विस्तारभन्दा पनि उद्धार र राहतमा केन्द्रित हुने गरी नीति बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् । ठूलो दलको सरकारबाट बहुमतको हुँदै सुदृढ सरकार बन्ने भन्दै सरकार केही हुन्छ कि भनेर चिन्ता नगरि काम गर्न पनि ढकालले निर्देशन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार