डब्ल्यूएचओ भन्छ, भाइरसका कारण नेपाल आपत्कालीन स्थितिमा !
नेपालबहस संवाददाता
जेठ १, २०७८ शनिबार १४:५४:५९
१ जेठ काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपालमा बढ्दो कोरोना भाइरसको संक्रमणका कारण आपत्कालीन स्थिति निम्तिएको भन्दै त्यसतर्फ गम्भिर बन्न सरकारलाई सचेत गराएको छ। पछिल्लो तथ्यङ्क अनुसार नेपालमा कुल सक्रमितको संख्या ४ लाख ३९ हजार नाघेको छ भने दैनिक ८ हजार बढी संक्रमित थपिदै आएका छन र २ सय बढीले भाइरसका कारण ज्यान गुमाउँदै आएका छन् । राजधानी काठमाडौं लगायत अस्पतलहरुमा अक्सिजन र वेडको अभाव सृजना भइरहेको वेला डब्ल्यूएचओका अधिकारीहरुको यस्तो भनाई बाहिर आएको हो ।
डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अदोनम गेब्रियसेसले कोरोना भाइरसका कारण नेपाल, श्रीलंका लगायतका देशमा आपत्कालीन स्थिति निम्तिएको र महामारीबाट भारतको अवस्था निकै चिन्ताजनक भएको बताएका हुन । एसियका नेपाल, श्रीलंका, भियतनाम, थाइल्याण्ड र इजिप्टमा आपतकालीन स्थिति निम्तिएको भारतका कयौं राज्यमा अहिले पनि संक्रमणदर नघटेको, अस्पतालहरूले बिरामी थेग्न नसकेको र संक्रमितको मृत्यु बढिरहेको जनाउँदै टेड्रोसले सरकारलाई गम्भीर हुन आग्रह गरेका हुन्।
भारतमा अहिलेसम्म २ करोड ४३ लाख बढी सक्रमित भएका छन् भने २ लाख ६६ हजार ले कोरोना भइरसका कारण ज्यान गुमाएका छन् । करीव तीन लाख दैनिक संक्रमण र ४ हजार बढीको दैनिक जसो भाइरसका कारण निधन हुने गरेको वल्डोमिटरको तथ्यमङ्कले देखाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार