अस्पताललाई ८ थान अक्सिजन सिलिण्डर प्रदान
नेपालबहस संवाददाता
जेठ १, २०७८ शनिबार १५:३५:१५
१ जेठ, ताप्लेजुङ । ताप्लेजुङ उद्योग वाणिज्य संघले जिल्ला अस्पताललाई ८ थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । संघले विभिन्न दाताबाट सहयोग जुटाएर क्सिजन सिलिण्डर किनेर अस्पताललाई प्रदान गरेको हो ।
सांसद योगेश भट्टराई, प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ लगायत फुङ्लिङका व्यवसायीको सहयोगमा विराटनगरबाट सिलिण्डर खरिद गरिएको संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार सांसद भट्टराईले दुई लाख र मन्त्री आङ्बुहाङले एक लाख रुपैँया सिलिण्डर खरिदमा सहयोग गरेका थिए। यस्तै बजारका ३३ व्यवसायीले एक देखि १५ हजार रुपैँया सम्म सहयोग गरेका थिए ।
कम्तिमा ५० सिलिण्डर प्रदान गर्ने संघको लक्ष्य अनुसार हाल ३५ थान सिलिण्डर खरिदका लागि पैसा जम्मा गरी खरिद प्रक्रिया अघि बढेकोमा ८ थान आएको हो । बाँकी आउने प्रक्रियामा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार