चीनले प्रक्षेपण गरेको जुरोङ मंगल ग्रहमा सफल अवतरण
नेपालबहस संवाददाता
जेठ १, २०७८ शनिबार १५:४८:३०
१ जेठ, एजेन्सी । चीनले प्रक्षेपण गरेको अन्तरिक्षयान जुरोङले मंगल ग्रहमा सफल अवतरण गरेको छ। शनिबार जुरोङले मंगल ग्रहको सतहमा सफल अवतरण गरेको चिनियाँ सञ्चारमाध्यमहरूले दाबी गरेका हुन्।
जुरोङलाई मंगल ग्रहको उत्तरी गोलार्द्धको उटोपिया प्लानिसिया क्षेत्रमा अवतरण गरिएको बताइएको छ। जुरोङको सफल अवतरणलाई चीनले उल्लेख्य उपलब्धि भएको उल्लेख गरेको छ। मंगल ग्रहमा सफलता हासिल गरेसँगै अब चीनले अमेरिकालाई चुनौती दिएको बीबीसीले जनाएको छ ।
हालसम्म अमेरिकी अन्तरिक्षयानले मात्र मंगल ग्रहको सतहमा अवतरण गरेका थिए। योसँगै मंगल ग्रहमा अवतरण गर्ने चीन दोस्रो देश बन्न सफल भएको छ। मंगल ग्रह पृथ्वीको सहतभन्दा करिब ३२ करोड किलोमिटर टाढा छ। त्यहाँबाट पठाइएका रेडियो म्यासेस पृथ्वीसम्म आइपुग्न झन्डै १८ मिनेट लागेको थियो।
चीनले यस रोभरमा एक प्रोटेक्टिभ क्याप्सुल, एक प्यारासुट र रकेट प्लेफर्म प्रयोग गरेको छ । चिनियाँ वैज्ञानिक तथा इन्जिनियरहरुले यो मिसनका लागि लामो समयदेखि काम गर्दै आएका थिए ।
यदि चु रोङ्ग अन्तरिक्ष रोबोटले मंगल ग्रहबाट सूचना संकलन र तस्वीर पठाउन सक्यो भने यो सफलता हासिल गर्ने चीन अमेरिकापछिकै दोस्रो देश बन्ने छ । रुसले पनि सन् १९७१ मा मंगल ग्रहमा अन्तरिक्ष रोबोट पठाएको थियो तर सिग्नल टुटेपछि त्यहाँबाट कुनै पनि सूचना हासिल भएको थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
आईटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ
कात्तिक २९, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मंसिर १०, २०८१ सोमबार