दोलखामा १० दिनका लागि निषेधाज्ञा जारी
नेपालबहस संवाददाता
जेठ १, २०७८ शनिबार १७:२४:३२
१ जेठ, काठमाडौं । कोरोना भइरसको सक्रमण रोक्न जिल्ला प्रशासन कार्यालय दोलखाले आजबाट १० दिनको लागि निषेधाज्ञा जारी गरेको छ ।समुदाय स्तरमा नै कोरोनाको सक्रमण फैलिएपछि आजबाट निषेधाज्ञा जारी गरिएको हो । यस अवधिमा अत्यावश्यक सामग्री बोकेको ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधनमा पूर्ण रुपमा रोक लगाइएको गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
मुख्य ८ वटा बजार क्षेत्रका बजार पसल बिहान ८ बजेसम्म मात्र खोल्न पाउने निर्णय भएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजना र विकास निर्माणको लागि प्रयोग हुने सवारी साधन सम्बन्धित आयोजना प्रमुख वा कार्यलय प्रमुखले जारी गरेको पासको आधारमा सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र दोलखाले जनाएको छ ।दोलखामा सक्रिय संक्रमितको सङख्या ४५ रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार