सांग्रिला डेभलपमेन्ट बैंकले पायाे ऋणपत्र निष्काशनकाे अनुमति
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ १, २०७८ शनिबार २१:३१:१७
![](https://nepalbahas.prixacdn.net/media/albums/sangrila-development_qAFt5sgBHT.jpg)
१ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सांग्रिला डेभलपमेन्ट बैंकलाई ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्न अनुमति दिएको छ ।बैंकलाई प्रतिकित्ता १ हजार रुपैयाँको दरमा ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र बिक्री गर्न बोर्डले अनुमति दिएको हो ।
उक्त ऋणपत्रमध्ये ४ लाख ५० हजार कित्ता ऋणपत्रले हुन आउने कूल ४५ करोड रुपैयाँ बराबरका कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख कित्ता ऋणपत्रले हुन आउने कूल ३० करोड रुपैयाँ बराबरको ऋणपत्र ‘सोमध्ये ५५ अर्थात १५,००० कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत’ सर्वसाधारणका लागि सार्वजनिक निश्कासनबाट बिक्री गरिनेछ ।
उक्त ऋणपत्रमा वार्षिक ९५ ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर “२०८७” नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ, भने डिवेन्चर ट्रष्टिको रुपमा रहेको नागरिक लगानी कोषसँग यसअघि नै डिवेञ्चर प्रत्याभुत सम्बन्धी सम्झौता समेत भइसकेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ९५ शाखा कार्यालयहरु, ३१ एटिएमबाट आफ्नो गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकद्धारा 'महालक्ष्मी कल सेन्टर' को सुरुवात
माघ २७, २०८१ आइतबार
महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता
माघ २२, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार