नेपालमा २५ लाखले कोरोनाविरुद्धको खोप लगाए : डा.अधिकारी
नेपालबहस संवाददाता
जेठ १, २०७८ शनिबार २२:३५:८
१ जेठ, काठमाडौं । नेपालमा २५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको हो। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार खोप लगाउने क्रम अहिले पनि जारी छ ।
शनिबार पत्रकारसँग कुरा गर्दै अधिकारीले हालसम्म भारत सरकारले उपहारस्वरूप दिएको कोभिसिल्ड खोप १० लाख डोज, भारत सरकारसँग खरिद गरिएको कोभिसिल्ड खोप १० लाख डोज, कोभ्याक्स सुविधाअन्तर्गत ३ लाख ४८ हजार डोज प्राप्त भएको र नेपाली सेनालाई एक लाख डोज प्राप्त भएको गरी २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप प्राप्त भएको बताए ।
त्यस्तै, चीनबाट आठ लाख डोज भेरोसेल खोप प्राप्त भई जम्मा ३२ लाख ४८ डोज खोप प्राप्त भएको उनले बताए । त्यसमध्ये २५ लाख डोज खोप लगाइसकिएको र बाँकी रहेको खोप लगाउने क्रम जारी रहेको डा। अधिकारीले बताए । भारतसँग २० लाख डोज खोप खरिद गरेको भए पनि १० लाख मात्रै आएको र १० लाख डोज आउन बाँकी रहेको उनले जानकारी दिए । यद्यपि, भारतसँग छलफल भइरहेको र छिट्टै खोप आउने उनले बताए ।
कोरोना संक्रमण दिनप्रतिदिन बढिरहेको सम्बन्धमा देशभरि ९० वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको अधिकारीले बताए । अहिले एन्टिजेन परीक्षणमा पजेटिभ देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको पीसीआर परीक्षण भइरहेको छ । पिसिआरको दायरा बढाउने तयारीमा सरकार रहेको उनको भनाइ छ । अहिले निजी तथा सरकारी प्रयोगशालाहरूबाट परीक्षण भइरहेको छ ।
सहप्रवक्ता अधिकारीले अस्पताल तथा प्रयोगशालाहरूलाई आवश्यक स्वास्थ्य सामग्री तीन महिनालाई पुग्ने मौज्दात रहेको बताए । संक्रमणको दर बढ्दै जाँदा मौज्दातमा असर पर्ने भएकाले आवश्यक स्वास्थ्य सामग्री ल्याउन स्वास्थ्य मन्त्रालयले विभिन्न निकायसँग छलफल गरिरहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार