कोरोनाबाट पत्रकार कार्कीको मृत्यु, महासंघद्वारा दुःख व्यक्त !
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार १५:४६:४४
२ जेठ, काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखा अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। ३४ वर्षीय कार्कीको शनिबार साँझ उपचारका क्रममा मृत्यु भएको हो।
वैशाख १९ गते संक्रमण पुष्टि भएपछि उनी स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार गराइरहेका थिए। वैशाख २३ गतेदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
१४ दिनदेखि उपचाररत उनको शनिबार साँझ ८ बजे निधन भएको हो। झापा घर भएका कार्की डेढ दशकदेखि काठमाडौंमा रहेर सक्रिय पत्रकारिता गर्दै आएका थिए।
कार्कीको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ। उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एउटा कुशल, ऊर्जाशील र जुझारु युवा पत्रकार गुमाएको महासंघले जनाएको छ।
महासंघका अनुसार हालसम्म कोरोना संक्रमणका कारण १३ पत्रकारको निधन भएको छ। ७५० पत्रकार संक्रमित भएका छन्। महासंघले कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा सम्भावित जोखिमको ख्याल गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्दै पेसागत कर्ममा जुट्न अपिलसमेत गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार